जावलाखेल र मनाङको बराबरी
काठमाडौं: लिग लिडर जावलाखेल युथ क्लब २–० गोलको अग्रता जोगाउन नसक्दा आइतबार सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबसँग २–२ को बराबरीमा अल्झिएको छ। च्यासल रंगशालामा भएको खेलको ३३औं मिनेटमा कोटो मासोयाबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० ले पछि परेको जावलाखेलले ७५औं मिनेटमा पुनः गोल खाएको थियो। हिसुब थपलियाले गरेको गोलसँगै २–० को अग्रता बनाएको जावलाखेलले १० मिनेटमा दुई गोल खायो।
विशोन गुरुङले ८०औं मिनेटमा गोल गर्दै स्कोर लाइन २–१ मा ल्याएका थिए। निर्धारित समयको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गरेको गोलसँगै मनाङले हार टार्यो।
बराबरीसँगै जावलाखेल १८ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट २१ अंक जोडेको १०औं स्थानमा छ।