त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बदमासीः एउटै प्रकृतिको दुई सूचना, कार्यान्वयन कागजमा

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको बदमासीः एउटै प्रकृतिको दुई सूचना, कार्यान्वयन कागजमा
सुन्नुहोस्

काठमाडौंः त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एउटै प्रकृतिको सूचना दुई पटक प्रकाशन गरेको छ। सूचनामा विद्यार्थीहरूलाई सेवा प्रवाहमा सहज बनाउन हटलाइन राखिने भन्नेछ। यो सूचना त्रिविले एक वर्षको अन्तरालमा दुई पटक प्रकाशन गरेको हो। 

गत वैशाख २७ र २०७९ साउन १० गते सूचना प्रकाशन भयो। तर, यो सूचना नाम मात्रैको जस्तै छ। पीडित विद्यार्थी सविना उप्रेति भन्छिन्, मैले बीएस्सी दोस्रो वर्षको पुरक परीक्षा दिएको झण्डै एक वर्ष भयो। 

नतिजा नआएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयको हटलाइन नम्बरमा कति कल गरे कति? न त्यो फोन उठ्छ। उठे पनि न त जिम्मेवार जवाफ आउँछ। यति रिस उठेको छ की कुरै छोड्नुस।’ 

यो त एउटा उदाहरण मात्रै हो। विद्यार्थीको घुइँचो लाग्ने कार्यालय हो त्रिवि परीक्षा नियन्त्रण कार्यालय– जहाँबाट ट्रान्सक्रिफ्ट, स्थानान्तरण, परीक्षा प्रकाशन, नतिजा प्रकाशन लगायतका कामहरू हुन्छन्।

यसअघि नाम मात्रैको सूचना निकालिए पनि अहिले हटलाइन सेवालाई प्रभावकारी बनाउन कर्मचारीनै खटाउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले बताएको छ। यो आश्वासन मात्रै हुने विद्यार्थीको आशंका छ।

दुई वटै सूचना कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाका लागि आएका सेवाग्राही विद्यार्थी तथा अन्य सरोकारवालाका लागि कार्यालयको शोधपुछ शाखामा सहायता कक्ष र हटलाइन उपलब्धसँग सम्बन्धित छ।

सूचनामा भनिएको छ, ‘यस कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाका लागि आउनुहुने सेवाग्राही विद्यार्थी तथा अन्य सरोकारवालाका लागि कार्यालयको सोधपुछ शाखामा सहायता कक्ष सञ्चालनमा ल्याएको छ। साथै प्रवाह गरिने सेवा सम्बन्धमा कार्यालय समयभित्र यस कार्यालयको हटलाइन ०१–४२७७५८५ मा समेत सम्पर्क गरी बुझ्न सकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

स्वतन्त्र विद्यार्थी यूनियन त्रिवि केन्द्रीय क्याम्पसका अधिकारीले बुधबार त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अधिकारीलाई भेटेका थिए। भेटमा उनीहरूले त्रिविमा गुनासा धेरै आएको भन्दै सहायता कक्षलाई प्रभावकारी बनाउन आवाज उठाए। 

सोही बमोजिम त्रिविले हटलाइनका लागि कर्मचारी नै खटाउने प्रतिवद्धता गरेको त्रिवि केन्द्रिय क्याम्पस स्ववीयू सभापति श्यामराज ओझाले अन्नपूर्णलाई जानकारी दिए। ओझाले भने, ‘हाम्रो आग्रहलाई सम्बोधन गर्दै हटलाइन सेवामार्फत विद्यार्थीहरूले आवश्यक सोधपुछ/ सूचना लिन सक्नुहुनेछ। अब प्रभावकारी बन्नेछ, सोधपुछ कक्ष।’

योभन्दा अगाडि सोधपुछ कक्ष नाम मात्रैको थियो। विद्यार्थीले गुनासो पोखे पनि सुनुवाइ हुँदैन थियो भने हटलाइन सेवा नम्बर सार्वजनिक गरिए पनि सितिमिति फोन नउठ्ने समस्या थियो। त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष प्रदीप भट्टले हटलाइन सेवा कार्यान्वयनमा त्रिवि प्रशासन गम्भीर नभएको बताए। 

उनले अन्नपूर्णसँग भने, ‘विद्यार्थीहरूले हटलाइनमा फोन गर्दा फोन नउठ्ने विगतको समस्या अहिले पनि यथावत छ। कर्मचारी अभाव भनेर त्रिवि परीक्षा नियन्त्रण कार्यालयले टार्दै आएको छ। गत वर्ष र अहिले सूचना सार्वजनिक गर्दैमा समस्या समाधान होला जस्तो लाग्दैन। यस विषयमा त्रिवि प्रशासन गम्भीर हुनुपर्छ।’ 

त्रिवि स्ववियू कोषाध्यक्ष पद्मा भुषालले आफूहरूले परीक्षा नियन्त्रण कार्यालयमा ज्ञापन पत्र बुझाएपछि त्रिविले हटलाइन सेवा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता जनाएको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.