खुल्ला व्याटमिन्टन प्रतियोगिताको उपाधि युगमणि र तेजबहादुरको जोडीलाई

फिदिम : पाँचथर सदरमुकाम फिदिममा सम्पन्न खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधि युगमणि सबेहाङ र जेतबहादुर तुम्बापोको जोडीले जितेको छ ।
जिल्ला समन्वय समिति पाँचथरको कवर्डहलमा आयोजित फाइनल खेलमा १७–२१, २१–१८ र २४–२२ को सेटमा रामराज आङ्देम्बे र शैलेश आङ्देम्बेको जोडीलाई पराजित गर्दै युगमणि र तेजबहादुरको जोडी
विजयी बनेको हो ।
विजेता बनेसँगै युगमणि र तेजबहादुरको जोडीले २५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेतामा सिमित बनेको रामराज र शैलेशको जोडीले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
रमेश खत्री र सन्तोष राईको जोडीले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्यो। नेपाल प्रहरीका डम्बर घिमिरे र युवराज भट्टराईको जोडीलाई २२–२४ र २१–१७ को सोझो सेटमा पराजित गर्दै रमेश र सन्तोषको जोडीले तेस्रो स्थान हासिल गरेको हो । उनीहरुले १० हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे ।
बुद्ध जयन्ती,उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच प्रतियोगिता गराइएको कर्मचारी मिलन केन्द्र पाँचथरका सचिव उमेश नेम्बाङले जानकारी दिए । कर्मचारी मिलन केन्द्र पाँचथरले आयोजना गरेको उक्त प्रतियोगितामा जम्मा ४१ टिमले भाग लिएका थिए ।
प्रतियोगिता सञ्चालनका लागि पाँचथरका स्थानीय तहहरुले सहयोग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
