नुवाकोटमा गल्फ लुब्रिकेन्टको निःशुल्क सर्भिस क्याम्प

काठमाडौं : नुवाकोटमा गल्फ लुब्रिकेन्टको निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ।
नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको हो।
आफ्नो आधिकारिक बिक्रेता गणपति इन्टरप्राइजेज मार्फत नुवाकोटस्थित सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प वैशाख १६ देखि १८ सम्म सम्पन्न गरेको थियो।
नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नयाँ वर्ष अफर पनि प्रदान गरिएको थियो।
सो अफर अन्तर्गत सहभागी ग्राहकले लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट पाएका थिए।
क्याम्पमा ग्राहकहरूका लागि जलपानको पनि व्यवस्था गरिएको थियो। क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जानेको छ।
सागर रिमाल मोटरसाइकल वर्कसपका सञ्चालक सागर रिमालले गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता रहेको बताए।
उनले भने, 'उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरू निकै हर्षित भएका थिए। आगामी दिनमा पनि यस्तै क्याम्प सञ्चालन गर्न हामीलाई प्रेरणा मिलेको छ।'
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ क्षत्रमा विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँछ।
नेपालमा गल्फ ब्राण्ड विगत ३८ वर्षदेखि लगातार ग्राहकको रोजाइमा पर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
