पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’

प्रमुख अतिथिको रूपमा रहेका श्रेष्ठका मातापिताले नै पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। गीति एल्बम विमोचन गर्दै श्रेष्ठका पिताले छोराको खुसीमा आफूहरूलाई पनि निकै खुसी लागेको बताए।

काठमाडौं : कवि तथा गीतकार कल्याण श्रेष्ठद्वारा रचित गीति एल्बम जिन्दगीका तरेली ‘रिपल्स अफ लाइफ’ को लोकार्पण गरिएको छ। पूर्वप्रधानन्यायाधीशसमेत रहेका श्रेष्ठका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिबार गीति एल्बम विमोचन गरेका हुन्।

प्रमुख अतिथिको रूपमा रहेका श्रेष्ठका मातापिताले नै पानसमा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। गीति एल्बम विमोचन गर्दै श्रेष्ठका पिताले छोराको खुसीमा आफूहरूलाई पनि निकै खुसी लागेको बताए। उनले छोरालाई आशीर्वाद दिनुका साथै उपस्थित सबैलाई धन्यवाद पनि दिएका थिए।

वरिष्ठ संगीतकार शक्ति बल्लभले न्याय क्षेत्रमा रहेर पनि श्रेष्ठले गीत संगीतलाई गरेको माया देखेर प्रभावित भएको बताए। ‘उहाँको पारिवारिक माहोल नै संगीतमय छ। बुबा आफैं हार्मोनियम बजाएर गीत गाउनु हुन्थ्यो। यसले गर्दा उहाँ सिर्जनाको क्षेत्रमा नआउने त कुरै भएन। यो उर्बरता रहिरहोस् भन्ने चाहान्छु’, उनले भने। जिन्दगीका तरेली एल्बम नेपाली गीत–संगीत क्षेत्रका लागि सौभाग्य भएको उनले बताए। एल्बममा संगीत भरेका बल्लभले संगीत सिर्जनाका क्रममा आफूलाई मन परेका गीत र संगीत भर्दाका अनुभव सुनाएका थिए।

यसैगरी वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले गीतकार श्रेष्ठ कानुनको संसारपछि संगीतको संसारमा आएकोमा खुसी लागेको बताए। वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले श्रेष्ठले न्यायपालिकाको यात्रा पार गरेर सांगीतिक क्षेत्रमा सुन्दर सिर्जना गरेको भन्दै उनलाई शुभकामना दिएका थिए। कार्यक्रममा गीतकार श्रेष्ठले सांगीतिक क्षेत्रको आफ्नो यात्रा नितान्त नयाँ भएकाले आफूले सिर्जना गरेका गीतमा सबैका भावना समेट्न नसकेको बताए।

‘नयाँ संसारमा जानीनजानी लेखिएको सिर्जना हो। न्यायालयमा न्यायाधीशको चिनारी धेरै थियो। अहिले म अर्को स्कुलमा छु। यो नयाँ यात्रा हो’, नयाँ यात्रामार्फत आफूले संगीतको जादू महसुस गरेको बताउँदै उनले थपे, ‘यसले जीवनभर नबिर्सने गरी खुसी मिलेको महसुुस गरेको छु। यो मेरो पहिलो आकर्षक र रोमान्चक बिन्दु बनेको छ।’ गीतकार संघका पूर्वअध्यक्ष वरिष्ठ गीतकार चूडामणि देवकोटाले श्रेष्ठका गीतमा सिर्जनशीलता रहेको बताए।

‘एल्बममा तिमी अर्कै भयौ’, ‘म सिँढी चड्दै जान्छु’, ‘कर र करार होइन माया’, ‘के जिउनु खै जिन्दगी’, ‘देउराली भाक्नु पर्ने’, ‘के भेट भयो यस्तो’ र ‘हिमाल हेरेर’ गरी सात वटा गीत छन्। जसमा स्वरुपराज आचार्य, मिलन नेवा, रामकृष्ण ढकाल, आनन्द कार्की, सत्यराज आचार्य, शिशिर योगी र सुमित खड्काले स्वर भरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.