प्रधानमन्त्री, कामु प्रधानन्याधीश र अर्थमन्त्रीबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कामु प्रधानन्याधीश हरिकृष्ण कार्की र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता भएको छ। राष्ट्रिय सभा बैठकमा अर्थ मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन्।
बजेट निर्माण हुनुअघि प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, न्यायाधीश, अर्थमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता भएको हो। अर्थमन्त्री महतले भने, 'अर्थ मन्त्रालयसँग जोडिएका विषयमा छलफल भएका कारण म यहाँ आउन ढिलो भएको हो।’