‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान फितलो भयो’

‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान फितलो भयो’
सुन्नुहोस्

नगरपालिका–१३ यावदीकी कमला न्यौपानेको श्रीमान् लक्ष्मीप्रसाद र जेठाजु केशवराज न्यौपानेले माघ २२ को राति गरेको कुटपिटबाट मृत्यु भएको मृतकका भाइ तेजप्रसाद सुवेदीको आरोप छ। कमलाको चैत ७ गते उपचारको क्रममा ठमाडौंमा निधन भएको थियो।

काठमाडौं : श्रीमान् र जेठाजुको कुटपिटबाट आमाको मृत्यु भएको दाबी गर्दै पीडित पक्षले न्यायको माग गरेका छन् । घटना हो स्याङजाको पुतलीबजार नगरपालिकाको। 

नगरपालिका–१३ यावदीकी कमला न्यौपानेको श्रीमान् लक्ष्मीप्रसाद र जेठाजु केशवराज न्यौपानेले माघ २२ को राति गरेको कुटपिटबाट मृत्यु भएको मृतकका भाइ तेजप्रसाद सुवेदीको आरोप छ। कमलाको चैत ७ गते उपचारको क्रममा ठमाडौंमा निधन भएको थियो।

सोमबार अन्नपूर्णसँग कुरा गर्दै पीडित पक्षले कर्तव्य ज्यान मुद्दाका विषयमा अनुसन्धान फितलो भएको र प्रहरीले पनि गम्भीर अनुसन्धान नगरेको उनीहरूको गुनासो छ। कुटपिटपछि बेहोस कमलालाई गाउँलेको सहारामा १५-१६ घण्टापछि मात्रै अस्पताल लगिएको थियो। सुरुवातमा उपचारका लागि कालिका अस्पताल हेलुमा लगिएको थियो। त्यसपछि उनलाई पोखरा हुँदै काठमाडौं नर्भिक अस्पतालमा ल्याइएको थियो। ४५ दिनसम्म कोमामा रहेकी कमला आफूलाई यो अवस्थामा पुर्‍याउने को थियो भन्न पनि नपाइकनै अस्ताइन्। उनका एक छोरा र दुई छोरी छन्। 

घटना शंकास्पद भएको भन्दै कमलाको छोरा किस्मत न्यौपाने र माइती पक्षले ४ जनाविरुद्ध उजुरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय स्याङजाले उनका श्रीमान् लक्ष्मीप्रसाद न्यौपानेलाई माघ २४ गते र अमाजुलाई चैत २४ गते पक्राउ गरेको थियो। घटनामा संलग्न भनिएका जेठाजु केशवराज न्यौपानेलाई जिल्ला अदालत स्याङ्जाले २ लाख धरौटीमा छोडेको छ भने श्रीमान् लक्ष्मीप्रसादलाई पुर्पक्षकाका लागि जिल्ला कारागार राखिएको छ। 

घटनामा संलग्न जेठाजुलाई अहिलेसम्म पनि नसमातेको पीडितको आरोप छ। उनी फरार छन्। ‘प्रहरीले गरेको अनुसन्धानमा हामीलाई शंका छ,’ छोरा किस्मत न्यौपानेले भने। आमाको वियोगमा रहेका उनीमाथि दुई बैनीको जिम्मेवारी पनि थपिएको छ। घटनामा संलग्न ठूला बालाई भगाउन आफ्नै वडाका एक व्यक्तिको भूमिका रहेको उनले दाबी गरे। तर, को भन्ने खुलाएनन्।

प्रहरीले यस विषयमा पर्याप्त अनुसन्धान नगरेको भाइ तेजप्रसाद सुवेदी पनि बताउँछन्। ‘सूक्षम अनुसन्धान होस्। कनै राजनीतिक दलको पहुँचको आधारमा मुद्दा फितलो नहोस् भन्ने मेरो आग्रह हो,’ सुवेदीले भने। 

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख एसपी सञ्जय राउतले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको बताए। उनले भने, श्रीमान्ले कुटपिट गरेको कुरा स्वीकार गरेका छन्। कर्तव्य ज्यान मुद्दा अगाडि बढेको छ। जेठाजुको नाममा पनि उजुरी आयो केस चल्यो। दुई लाख धरौटीमा अदालतले छोडी दियो। अमाजूलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ। जेठाजु हाम्रो सम्पर्कमा छैनन्, फरार छन्, खोजी भइरहेको छ। अनुसन्धान फितलो हुँदैन्, मान्छेको ज्यान गएको छ, हामी कसैलाई चिन्दैनौं, कानुन चिन्छौं।’ 

मृतकका छोरा किस्मत न्यौपाने आमालाई घरपरिवारले यातना दिएर हत्या गरेको दाबी गर्छन्। भन्छन्, ‘मेरो आमालाई कुटपिट गरी करिब १५ घण्टा कोठामा गाउँका कसैलाई आउन नदिइ बन्धक बनाई राखे। भोलिपल्ट करिब १२ बजेतिर मलाई फोन गरी ममीलाई प्रेसरले हानेर बाथरूममा लडी भनेर बुबाले भन्नुभयो। ठूलो बुबाले केही भएको छैन घरमै घुरेर सुतिरहेकी छ भन्नुभयो। फुपूले सेउला लिन जाँदा भारिसँग खरबारीबाट लडेकी हो भन्नुभयो भने हजुरआमाले थाहा छैन भन्नुभयो। भाउजूलाई सोधेको केही भाको छैन भर्खरै गएर आएको भन्नु भएको रहेछ। सबैको मिलेमतोमो यो घटना भयो। ’ 

‘भोलिपल्ट कलेज सकेर घरमा जाँदा बाटो मै फुपूदिदी आएर आमालाई प्रेसरले हानेर स्याउलाको भारीसँगै लडेर हस्पिटल लगेका छन् पीर नगर भन्नुभो। घरमा हेर्दा चुरापोतेका टुक्रा र रगतको भेल देखे। ठूलोबुबाले पोचा भिजाउन लगाई आफैंले रगत पुछ्नुभयो,’ उनी भन्छिन्। उनका ठूलो बुबा केशवराज न्यौपाने एमालेका सोही टोल कमिटी अध्यक्ष हुन्। राजनीतिक आडमा उनले मुद्दालाई कमजोर पार्न खोजेको पीडितको भनाइ छ।

छोरी क्रिसला न्यौपानेले घटना भएको दिन आफू सानीआमा सावित्रीको घर वालिङमा गएको बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.