पाँचथरको फालेलुङमा आगलागी, तीन घर जलेर नष्ट

पाँचथरको फालेलुङमा आगलागी, तीन घर जलेर नष्ट
सुन्नुहोस्

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिका-३ थकेपुङमा आगलागी हुँदा तीन घर जलेर खरानी भएका छन्।  

आइतबार दिउँसो भएको उक्त आगलागीबाट ५४ लाख ३० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। 

महेन्द्र मादेन, कृष्ण मादेन र मनबहादुर मादेनको घरमा आगलागी भएको हो। महेन्द्रको घरबाट सुरु भएको आगोले उनका दाजुहरू कृष्ण र मनबहादुरको घर समेत खरानी बनाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले जानकारी दिए।  

आगलागीबाट महेन्द्रको २२ लाख ७५ हजार, कृष्णको ३१ लाख पाँच हजार र मनबहादुरको ५० हजार मूल्य बराबरको घरसहित धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ। 

दिउँसो २ बजेबाट सुरु भएको आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय मेमेङका प्रहरी नायव निरीक्षक बेदबहादुर खड्काको कमाण्डमा प्रहरी टोली खटेको थियो। प्रहरी र स्थानीयले दिउँसो तीन बजे आगो नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.