शिशिर घिमिरे प्रतिभा पुरस्कार मञ्जुलाई

शिशिर घिमिरे प्रतिभा पुरस्कार मञ्जुलाई
सुन्नुहोस्

बर्दिवास : शिशिर घिमिरेको स्मृतिमा स्थापित ‘शिशिर घिमिरे स्मृति प्रतिभा पुरस्कार–२०७९’ साहित्यकार मञ्जु श्रेष्ठलाई प्रदान गरिएको छ। 

२८ औं राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठान नेपालद्वारा महोत्तरीको बर्दिवासमा आयोजित कार्यक्रममा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्दै आएको ११ हजार १११ रुपैयाँ राशीको उक्त पुरस्कार यस वर्ष श्रेष्ठलाई प्रदान गरेको हो। 

बर्दिवास नगरपालिका–१ घर भएका साहित्यकार श्रेष्ठले काव्य र आख्यान दुवै विधाका उच्च कोटीका कृति पस्किएर नेपाली साहित्यको श्रीवृद्धिमा दिएको उल्लेख्य योगदानको कदर गर्दै पुरस्कृत गरिएको कार्यक्रम संयोजक नारायण घिमिरेले जानकारी दिए।

वि.सं २०३१ साल भदौं १ गते सुनसरीको कोशी गाउँपालिकामा पिता गोपीकृष्ण श्रेष्ठ र माता ज्योति श्रेष्ठको कोखबाट जन्मिएकी उनी बर्दिवास नगरपालिका–१ महोत्तरीको स्थायी निवासी हुन्। 

शिक्षण पेसामा आवद्ध उनले करिब आधा दर्जन कथा संग्रह, छन्द कविता संग्रह, उपन्यास र खण्ड काव्यहरू प्रकाशन गरिसकेकी छन्। 

उनले कुरा बालुवाको घर (कथा सङ्ग्रह), माटोको सुवास र पथिक (छन्द कविता सङ्ग्रह), सेतो डायरी (उपन्यास) र भूलपछि भूल (खण्ड काव्य) प्रकाशन गरिसकेकी हुन्।

प्रतिष्ठानका संरक्षक प्रेम घिमिरेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको प्रमुख आतिथ्यमा आयोजित बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान एवं पुरस्कार समर्पण कार्यक्रममा कविहरूले आ-आफ्नो रचना वाचन गरेका थिए। 

कार्यक्रममा धनुषा, सिराहा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरूका कवि तथा श्रष्टाहरू सहभागी भएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.