आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि विराटनगरमा सुरक्षाकर्मीसँग झडप

आन्दोलनकारीले निषेधित क्षेत्र तोडेपछि विराटनगरमा सुरक्षाकर्मीसँग झडप

विराटनगर : पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने र प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मागसहित आन्दोलनरत पहिचान पक्षधर र सुरक्षाकर्मीबीच विराटनगरमा शनिबार दिउँसो झडप भएको छ। 

विराटनगरको रोडशेष चोकमा झडप भएको हो। त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट केही शेल अश्रुग्यास प्रहार भएको छ। यद्यपि, घटनाका बारेमा विस्तृत विवरण प्राप्त भइसकेको छैन। 

पहिचानवादीहरू आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ शव श्रद्धाञ्जलीका लागि विराटनगर लिएर आएका थिए। शवलाई श्रद्धाञ्जलीका लागि रोडशेष चोकमा राख्ने भनिएको थियो। 

‘लाजेहाङ’को शवयात्राका क्रममा निषेधित क्षेत्र तोडेर शवयात्रामा सहभागीहरू अघि बढ्न खोजेपछि झडप भएको सुरक्षा निकायले जनाएको छ। 

शवयात्रालाई लक्षित गर्दै रोडशेष चोकबाट लगभग २ सय मिटर दक्षिणमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर सुरक्षाकर्मीले आवतजावतमा रोक लगाएका थिए। 

निषेधित क्षेत्र तोड्दै शव यात्रालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ लैजान खोजिएपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको हो। आन्दोलनरत पक्षले जबर्जस्ती गर्न थालेपछि दुई पक्षबीच झडप भएको सुरक्षा स्रोतले बतायो। त्यस क्रममा सुरक्षाकर्मीले अश्रुग्यास र लाट्ठी प्रहार गरेका छन्। अहिले विराटनगरको रोडशेष क्षेत्र तनावग्रस्त छ। 

null

स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले प्रयास गरिरहेको र आन्दोलनलाई संयमता अपनाउन आग्रह गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। तत्कालीन प्रदेश १ को नाम कोसी राखिएपछि त्यसको विरोधमा पहिचान पक्षधरले आन्दोलन गर्दै आएका छन्। 

कोसी खारेजीको माग राख्दै प्रदर्शन हुँदा गत चैत ५ गते ‘लाजेहाङ’ घाइते भए। बाहिर आएको भिडियोमा भने आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर प्रहार गरेको लाट्ठीले ‘लाजेहाङ’को टाउकोमा लागेको देख्न सकिन्छ। स्वास्थ्यमा समस्या भएपछि उनलाई चैत ८ गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। उपचारकै क्रममा चैत १० गते उनको मृत्यु भयो। 

त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई शहीद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेको हो। ‘लाजेहाङ’ शव भने प्रतिष्ठानमा १ महिनासम्म राखियो। आन्दोलनरत पक्षले शव बुझ्न अस्वीकार गरेपछि लामो समयदेखि प्रतिष्ठानमै रहेको थियो। 
पोस्टमार्टमलगायतका प्रक्रिया पूरा गरेर अन्त्येष्टिअघि श्रद्धाञ्जली सभा गर्न शनिबार शवयात्रा निकालिएको थियो। बस, मोटरसाइकललगायतका विभिन्न सवारीसाधनको प्रयोग गरी सुनसरीको धरानबाट सुरु भएको पहिचान पक्षधर सहभागी शवयात्रा इटहरी हुँदै लगभग १:३० बजेतिर विराटनगर आइपुगेको थियो। 

विराटनगर ल्याउनुअघि धरान र इटहरीमा शवलाई श्रद्धाञ्जलीका लागि राखेर सभासमेत गरिएको थियो। सरकारले ‘लाजेहाङ’लाई शहीद घोषणा गर्ने र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ। कोसी प्रदेश सरकारले पनि ३ लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.