तस्बिरमा यस्तो देखियो फालेलुङको चाररातेमा चौंरी महोत्सव

तस्बिरमा यस्तो देखियो फालेलुङको चाररातेमा चौंरी महोत्सव
महोत्सवमा ल्याइएका चौरीहरू। तस्बिर : भीमकुमार बाँस्कोटा

फिदिम : भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा तीन दिने चौंरीपर्यटन महोत्सव सम्पन्न गरिएको छ ।  समुन्द्र सतहदेखि ३ हजार ४ सय मिटरको उचाईमा अवस्थित बस्तिविहीन पहाडको टाकुरामा छैठौं संस्करणको महोत्सव सम्पन्न गरिएको हो ।

महोत्सवमा झण्डै पाँच सय चौंरी देखाइएको थियो । सहरी विकासमन्त्री सीता गुरुङले महोत्सवको उद्घाटन गरेकी हुन् ।  उक्त अवसरमा गुरुङले माउन्टेन बाइक ट्रेलको शिलान्यास समेत गरिन् । 

null

कार्यक्रमलाई सम्बोधन गर्दै उनले चौंरीपाइने क्षेत्रमा गज्जबको चौंरीपार्क निर्माण गरेर विदेशी पर्यटक तान्न सकिने बताइन । ‘यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक छ,’गुरुङले भनिन्, ‘पर्यटन प्रवर्द्धघनका लागि चौंरीसंरक्षण गर्न जरुरी छ । भौगोलिक रुपमा अति सुन्दर रहेको यो क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास गर्न आवश्यक कदम चाल्नेछु ।’

कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले उच्च पहाडमा पर्यटन प्रर्वद्धनका लागि चौंरीआवश्यक रहेको औल्याए । ‘पर्यटनका दिगो विकासका लागि छिमेकी स्थानीय सरकारसँग सहकार्य गरेर प्रभावकारी कदम चाल्न सकिन्छ,’आङ्देम्बेले भने, ‘चौरीको संरक्षण र पर्यटन प्रर्वद्धनका लागि दिर्घकालिन योजना बनाएर काम गर्नुपर्छ ।’

null

महोत्सवको अवसर पारेर हाइ अल्टिच्युट फुटबल प्रतियोगिता,सांगीतिक र सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । सिमावर्ती उच्च पहाडमा पर्यटन प्रवर्द्धनको उद्देश्यले २०७४ सालदेखि  नयाँ वर्षको अवसर पारेर महोत्सवको आयोजना गर्न थालिएको हो । 

null

उच्च पहाड र हिमालको पहिचानसँग जोडिएको चौरीलाई देखाएर सिमापार पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य राखिएको छ । चौरीपालन व्यवसायलाई प्रर्वद्धन गर्दै स्वदेशी तथा विदेशी पर्यटक तान्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्र थाम्सुहाङले बताए । 

null

महोत्सवमा उराङ, याक, गार, गोले, गिर, गुर, फोम्जो, डिम्जोलगायतका चौंरीका प्रजातीको प्रदर्शन गरिएको हो ।  चौरीबाट उत्पादन गरिएका घिउ,चिज,छुर्पी, चौंरीको दुधबाट बनाइको खीर,उनबाट बनेका लुकुनी,बुर्का,टोपीलगायतका सामग्रीहरू महोत्सवमा राखिएको थियो । 

null

महोत्सवमा करिब तीन हजार पर्यटक सहभागी भएको आयोजकको दाबी छ । फालेलुङ गाँउपालिकाको आयोजनामा सम्पन्न भएको महोत्सवलाई दीप ज्योति युवा क्लब र कञ्चनजंघा पर्या पर्यटन प्रबद्र्धन संस्थाले समन्वय गरेका हुन् ।

nullnullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.