अझै रहस्यमै निर्मला ‘हत्या प्रकरण’

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ४ वर्ष पुग्दा पनि घटना रहस्यमै छ।
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब ४ वर्ष पुग्दा पनि घटना रहस्यमै छ। यस अवधिमा प्रहरीको केन्द्रीय कार्यालय र सीआईबीको टोली अनुसन्धानमा खटिए पनि प्रहरी अनुसन्धान शून्य छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै चर्चित उक्त प्रकरणमा प्रहरीले खासै उपलब्धी हात पार्न सकेको छैन। प्रहरीले घटनाको अहिले पनि सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर अनुसन्धान जारी राखेको छ । २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा उनको शव फेला परेको थियो।
घटना भएको एक महिनापछि भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलिप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्किएको थियो। जसमा भीमदत्त नगरपालिका–१८ सालघारीका शनि खुनाले सहादत प्राप्त गरे। पक्राउ परेको केही सातापछि अभियुक्त भनि सार्वजनिक गरिएका विष्टको डीएनए नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भए।
तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई सरकारले केन्द्रमा तान्यो। भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र छ। विभिन्न संघसंस्थाले छुट्टाछुट्टै प्रतिवेदनहरू तयार छन्। तर, पनि घटना रहस्यमै छ।
विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहले घटनाको केही महिनापछि जागिरबाटै बर्खास्त ग¥यो। प्रहरी स्रोतका अनुसार हालसम्म एक हजार बढी डीएनए परिक्षण गरिए पनि अपराधीसम्म पुग्न सकेको छैन।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
