जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी अभ्यास

जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी अभ्यास
सुन्नुहोस्

महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनीस्थित जोगबुढा नदीमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान दोधारा चाँदनीले विपदपूर्व तयारी अभ्यास प्रदर्शन गरेको छ।

बाढीको जोखिमयुक्त बस्तीमा बाढीबाट बच्ने उपाय र खोज उद्धार लगायतका बारेमा समुदायस्तरमा नमुना अभ्यास प्रदर्शन गरिएको हो। 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थान, राष्ट्रिय समाज कल्याण संघ र दोधारा चाँदनी नगरपालिकाको सहयोगमा बाढीबाट बच्ने उपाय र खोज उद्धार नमुना अभ्यास प्रदर्शन गरेको हो। 

सीमा सुरक्षा गुल्म देवीस्थानको तालिम प्राप्त टोलीले विपदको बेला घर वरिपरिका सरसामान प्रयोग गरेर पनि बाढीबाट बच्न सक्ने उपयाहरू बारे स्थानीयलाई नदीमा नमुना अभ्यास देखाएको हो।

बाढीबाट जोखिमयुक्त क्षेत्रका स्थानीयमा जनचेतना फैलाउने उद्देश्यले तालिम प्राप्त टोलीद्वारा नमुना अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। 

नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यक्रम संयोजक राज कुमार सुनारले बाढीको जोखिम रहेको समुदायमा पूर्व तयारी र बाढीबाट बच्ने उपायका बारेमा नमुना अभ्यास गरी स्थानीयलाई जानकारी दिएको बताए।

दोधारा चाँदनी नगरपालिका–९ का स्थानीय मायादेवी सुनारले प्रयोगात्मक रुपमा देखाइएको अभ्यासले थुप्रै कुरा जानकारी पाएको बताए। तीन तर्फ जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरिएको दोधारा चाँदनी बाढीको उच्च जोखिममा पर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.