महाकाली अस्पतालमा डायलासिस सेवा सुरु

महाकाली अस्पतालमा डायलासिस सेवा सुरु
फाइल तस्बिर।
सुन्नुहोस्

उनले उपचारका लागि धनगढी जाँदा आउँदा निकै खर्च भएको बताए। नियमित डायलासिस गराउनुपर्ने भएकाले आउन जान समस्या झेल्नु परेको उनको भनाइ थियो।

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का नन्दराज जोशी तीन वर्षदेखि डायलासिस गराउन धनगढीस्थित सेती प्रादेशिक अस्पताल धाउँथे। शुक्रबार घरनजिकै महाकाली अस्पतालमा डायलासिस सेवा पाउँदा उनले खुसी व्यक्त गरे।

‘म बिरामी भएको नौ वर्ष भयो, तीन वर्षदेखि डायलासिस गराउँदै आएको छु’ अस्पतालको वार्डमा खुसी मुद्रामा देखिएका उनले भने। ‘तीन वर्ष धनगढी आउन जान निकै दुःख भयो, आज घर नजिकै उपचार पाउँदा खुसी छु।’

उनले उपचारका लागि धनगढी जाँदा आउँदा निकै खर्च भएको बताए। नियमित डायलासिस गराउनुपर्ने भएकाले आउन जान समस्या झेल्नु परेको उनको भनाइ थियो। ‘सेतीमा पनि धेरै भीड हुने, कहिले त उतै बस्नुपथ्र्यो’ उनले भने। ‘अहिले यहाँ सेवा सुरु भएपछि धेरै राहत  महसुस गरेको छु।’

महाकाली प्रादेशिक अस्पतालले शुक्रबारदेखि परीक्षणका रूपमा डायलासिस सेवा सुरु गरेको हो। पहिलो सेवाका रूपमा भीमदत्त नगरपालिका– १० तिल्केनीका नन्दराज जोशीको उपचार गराए। उक्त सेवाको स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा. खगेश्वर गोलाल, वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. जुजुराज श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमल्सिनाको टोली अस्पतालको डायलासिस सेवाको निरीक्षण गरे।

अस्पतालले    हाल पाँच वटा मेसिनबाट सेवा सुरु गरेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए। ‘अहिले हामीले ट्रायलका रूपमा पाँचवटा बेडबाट सेवा सुरु गरेका छौं, पछि थप्दै जान्छौं’ उनले भने। ‘अहिले जनशक्ति पनि हामीले तालिममा पठाएका छौं तालिम प्राप्त भएर फर्केपछि थप सेवा दिन्छौं।’ उनले विस्तारै सेवा विस्तार गरेर १० बेड पुर्‍याउने त्यसपछि १५ गर्दै आवश्यकताअनुसार सेवा थप्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.