अर्थमन्त्री महत र युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूतबीच भेटवार्ता
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजसँग भेटवार्ता भएको छ।
शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्री महतको कार्यकक्षमा भेटवार्ता भएको हो।
भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको छ।