स्वास्थ्य सेवा विभागको टोलीद्वारा महाकाली अस्पतालको डायलासिस सेवा निरीक्षण

स्वास्थ्य सेवा विभागको टोलीद्वारा महाकाली अस्पतालको डायलासिस सेवा निरीक्षण
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

महेन्द्रनगर : स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको  निरीक्षण गरेको छ ।

स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा.खगेश्वर गोलाल,सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा.जगदीश जोशी,वरिष्ठ कँसल्टेन्ट नेप्रोलोजीस्ट डा.जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिनाले सञ्चालनको तयारीमा रहेको डायलासिस सेवाको निरीक्षण गरेका हुन् । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अवस्थामा स्वास्थ्य सेवा विभागबाट अनुमतिका लागि निरीक्षण गरेको बताए । “स्वास्थ्य सेवा र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयबाट आएको टोलीले निरीक्षण गरेको हो,अध्यक्ष भट्टले भने,'शुक्रबारदेखि परीक्षणका रुपमा डायलासिस सेवा सुरु गर्ने गरी तयारीमा लागेका छौं ।'

उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको बताए ।  यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । “सेवा सुचारुका लागि सबै तयारी पूरा भएको अनुमति पाउन मात्रै बाँकी हो,'उनले भने–'तत्काललाई दुई सिफ्टमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौं ।”

महाकाली प्रादेशीक अस्पतालका व्यवस्थापन समिति सदस्य ईन्द्र साउँदले बिहीबार विभागको टोलीले डायलासिस वार्डको निरीक्षण गरेको बताए । 'विभागको टोलीले निरीक्षण गरेको छ तुरुन्तै सेवा सुचारु गर्ने तयारीमा अस्पताल व्यवस्थापन समिति छ ,'साउँदले भने–'शुक्रबार परीक्षण गरेर आगामी सातादेखि सेवा सुचारु हुनेछ ।”     

महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नु परेको यहाँका सेवाग्राहीको गुनासो छ । हाल कञ्चनपुरबाट सय बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजार जान बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.