आज रामनवमी, राममन्दिरमा भक्तजनको घुइँचो

आज रामनवमी, राममन्दिरमा भक्तजनको घुइँचो
सुन्नुहोस्

काठमाडौं : चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बिहीबार देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । 

null

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा यसैदिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । 

null

त्यही स्मृतिमा पवित्र नदी,ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ,अध्यात्म,वाल्मीकीय,तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । 

रामनवमीका अवसरमा काठमाडौंको बतिसपुतलीस्थीत राममन्दिरलगायत देशभरका र राममन्दीरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.