कार्यसम्पादन समितिको बैठक

कांग्रेसका मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई

कांग्रेसका मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई
फाइल तस्बिर।
सुन्नुहोस्

आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिको नाम टुंगो लगाउने जिम्मा सभापतिलाई दिएको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

काठमाडौं : नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रिको नाम टुंगो लगाउने जिम्मा सभापतिलाई दिएको कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। 

कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ। स्रोतका अनुसार कांग्रेसले अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा मन्त्रीमा पूर्णबहादुर खड्कालाई पठाउने तयारी गरेको छ। कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्ने छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आज दिउँसो २ बजेभित्र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम दिन आग्रह गरेका छन् । बालुवाटार आज बिहान बसेको बैठकमा उनले मन्त्रालय टुंगिएका दललाई नाम दिन आग्रह गरेका थिए। त्यसपश्चात काग्रेस कार्यसम्पादन समितिको बैठक बसेको हो।

जसपा नेता राजेन्द्र श्रेष्ठले मोटामोटी सहमति भएको तर विषय टुङ्ग्याउन बाँकी रहेकाले पुन: २ बजे गठबन्धनको बैठक बस्ने जानकारी दिए। केही मन्त्रालयमा सहमति हुन नसकेकाले शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन्। श्रेष्ठले पार्टीहरूले नाम दिए साँझसम्म मन्त्रीहरूको शपथ गर्ने तयारी भएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.