ग्रेडिङ प्रणालीले अन्योलता

ग्रेडिङ प्रणाली लागू भएपछि विद्यार्थीले जे गरिरहेका छन्, त्यसमै सन्तुष्ट हुने बानी विकास गरेका छन्।
बालबालिकाहरूका लागि स्कुल छनोट गर्दा अभिभावकले के–के कुरामा ध्यान दिनुपर्छ ?
सही विद्यालय छनोट गर्नु भनेकै अभिभावकले लिनुपर्ने सबैभन्दा महत्वपूर्ण निर्णय हो। यद्यपि यो एक साधारण निर्णय जस्तो लाग्न सक्छ। तर, यस निर्णयले बच्चाको वृद्धि र विकासमा दिगो प्रभाव पर्छ। अहिलेको समयमा विद्यालयहरूको संख्या बढ्दै गएको छ। सिद्धार्थ वनस्थली शिक्षा क्षेत्रमा प्रवेश गरेको ५० औं वर्ष पूरा गर्दै छ । यो कोसेढुंगा (माइलस्टोन) पार गर्न हाम्रा विद्यार्थी, अभिभावक र समाजप्रति हाम्रो विश्वास हामीले आजसम्म कायम नै राखेका छौं। हाम्रो विद्यालयलाई नेपालकै सूक्ष्म जगतका विद्यालयका रूपमा हेर्न सकिन्छ। आर्थिक, सामाजिक, धार्मिक अवस्था होस् जस्तोसुकै अवस्थाका विद्यार्थीहरू पनि मुलुकभरबाट हाम्रो प्राङ्गणमा अध्ययनका लागि आउँछन्।
अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र विकासमा कसरी मद्दत गर्छ ?
एक समय विद्यालय नै बालबालिकाको विकासको सबैभन्दा आवश्यक पक्ष मानिन्थ्यो। समयको परिवर्तन सँगै विद्यालयहरूले पाठ्यक्रमको भागमा विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि सुरु गरेका छन्। अहिलेको डिजिटल स्पेसको प्रगतिको कारण विद्यार्थीहरूले संसारभरिको जानकारी पाउन सक्छन्। हाम्रा शिक्षकहरूले पनि ती उपकरणहरूलाई राम्रोसँग प्रयोगमा ल्याउन त्यसलाई हाम्रो मोडलमा समावेश गर्नुपर्छ।
विद्यार्थीहरूलाई अध्ययनमा कसरी प्रोत्साहन दिन सकिन्छ ?
ग्रेडिङ प्रणाली लागू भएपछि विद्यार्थी र शिक्षकबीच अन्योल सिर्जना भएको छ। यो प्रणालीले कुनै पनि परीक्षामा फेल हुँदैनन् भन्ने व्यापक धारणा थियो। यो प्रणालीको कारण विद्यार्थीले जे गर्दै आयो त्यसमा सन्तुष्ट हुने बानी विकास गरेका छन्। यसले समग्र शिक्षा प्रणालीमा नकारात्मक प्रभाव परेको छ। तर, हालै राष्ट्रिय परीक्षा बोर्डले आफ्नो ग्रेडिङ प्रणाली परिमार्जन गरी निश्चित स्तरसम्म प्रदर्शन नगर्ने विद्यार्थीहरू स्वचालित रूपमा उच्च कक्षामा भर्ना हुन पाउने छैनन्। यस नयाँ प्रणाली ले विद्यार्थीहरूलाई शिक्षामा बढी ध्यान केन्द्रित गराउने र राम्रो शिक्षालाई सामान्य रूपमा लिन नदिने भएको छ। जुन विद्यार्थीको भविष्यका लागि राम्रो निर्णय पनि हो।
बालबालिकाको विकासका लागि परिवारले कसरी भूमिका खेल्न सक्छ ?
जबसम्म विद्यालय र अभिभावकले विद्यार्थीसँग हातमा हात मिलेर काम नगरेमा विद्यार्थीले कहिल्यैपूर्ण क्षमतामा शिक्षा वा अतिरिक्त क्रियाकलापमा ध्यान दिन सक्दैन। विद्यार्थीले शिक्षक र अभिभावकसँग एकतामा काम गर्नु जरुरी छ। यदि अभिभावक र विद्यालय जिम्मेवारी पूरक काम गरेनन् भने र विद्यार्थी राम्रो गर्दैनन्। र, अभिभावक र शिक्षक एक अर्कामा औंला उठाएर बस्ने गर्दा बच्चाहरू त्यहाँ पीडित हुन्छन्। त्यसैले बालबालिकाको भविष्य निर्माणमा विद्यालयको भूमिका जति हुन्छ, अभिभावकको पनि त्यति नै हुन्छ।
नेपाली बालबालिकाले विद्यालयमा के कस्ता समस्याबाट गुज्रिरहेका छन् जस्तो लाग्छ ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ?
१६ वर्षमुनिका विद्यार्थीहरूलाई विभिन्न सामाजिक सञ्जाल प्रयोग गर्न सीमित समय मात्रै दिनुपर्छ। कोभिड बन्दपछि अनलाइन कक्षाहरू सञ्चालनमा आएदेखि नै विद्यार्थीहरू सामाजिक सञ्जालको हिस्टेरियामा परिणत भइसकेका छन्। जुन नियन्त्रणभन्दा बाहिर गएको छ। यसको उदाहरण हामीले विद्यार्थीको घट्दो शैक्षिक प्रदर्शनबाटै देख्न सक्छौं। इन्टरनेट धेरै मामिलाहरूमा वरदान हुन सक्छ, तर यसको अनावश्यक र ठीकसँग प्रयोग भएन भने समस्याहरू आमन्त्रित हुन सक्छन्।
तसर्थ विद्यार्थीहरूको अनलाइन गतिविधि नियमित रूपमा घर र विद्यालयबाट अनुगमन गरिनु जरुरी छ।
प्रतिक्रिया दिनुहोस !
