'कोशी' नाम खारेजीको माग गर्दै प्रदर्शन : आन्दोलनकारीले धरानका दुई वडा कार्यालयमा लगाए ताला

'कोशी' नाम खारेजीको माग गर्दै प्रदर्शन  : आन्दोलनकारीले धरानका दुई वडा कार्यालयमा लगाए ताला
धरानमा वडा कार्यालयमा तालाबन्दी गर्दै पहिचान पक्षधरका प्रर्दशनकारी । तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

धरान : कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन गरिरहेका पहिचान पक्षधर आन्दोलनकारीहरू बिहीबार  धरान उपमहानगरपालिकाका दुईवडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीहरूले धरान उपमहानगरपालिकाको ५ र १५ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । 

कोशी प्रदेश खारेजीको माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीसँगको झडपमा विराटनगरमा लिम्बूवान भोलन्टियर्स (एलभी) कमाण्डर पदम लिम्बू लाजेहाङको मृत्यु भएपछि पहिचान पक्षधरहरूले आन्दोलनलाई सशक्त पारेका छन् ।

बन्द,हड्ताल,कोसी प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै आएका उनीहरुले प्रदेश भरी सरकारी कार्यालय संचालन गर्न नदिने चेतावनी दिएका छन् । जनता समाजवादीका नेता सागर चेम्जोङले कोसी प्रदेश खारेजी,लाजेहाङलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरुन्जेलसम्म आन्दोलन नरोकिने बताएका छन् । उनले  प्रदेशभरीका सबै कार्यालय बन्द गराउन कार्यकर्ताहरू परिचालन गरेको बताए । 

संघीय लिम्बूवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले स्थानीय तहहरूमा कोसी प्रदेशको बोर्ड राखिएका कारण धरानमा दुईवटा वडा कार्यालय बन्द गरिएको बताए । धरान १५ का वडा अध्यक्ष नरेश इवारमले  पहिचान पक्षधरका आन्दोलनकारीले वडा कार्यालयमा तालाबन्दी गरेका कारण कार्यालयको काम प्रभावित बनेको बताएका छन् । पहिचान पक्षधरका आन्दोलनकारी नाराजुलुस लगाउँदै वडा कार्यालय बन्द गराउँदै हिँडेका छन् । 

सरकारले आन्दोलनरत पक्षलाई वार्तामा नबोलाएका कारण आन्दोलनकारीले आन्दोलनलाई सशक्त बनाउँदै गएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे  वडा कार्यालयमा लगाएको ताला खोल्न र शान्ति सुरक्षा मजबुत बनाउन धरान प्रहरीलाई निर्देशन दिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.