विद्यार्थीलाई आकर्षक वातावरण

विद्यार्थीको व्यवहारमा हुने परिवर्तनलाई स्कुलले ध्यान दिनुपर्छ।
बच्चाहरूको लागि विद्यालय खोज्दा के के कुरामा ध्यान दिनुपर्छ ?
प्रत्येक बालबालिका आवश्यकता व्यक्तिगत हुन्छन्। आमाबुवाको लागि आफ्नो बच्चाको आवश्यकता तथा उनीहरूको विद्यालयको वातावरण सन्तुलित हुनुपर्छ। विद्यालयको खोजी गर्दा विद्यालयको शुल्कले पनि धेरै असर पर्न सक्छ। स्कुलका अरू सबै कुराहरूको संयोजनले त्यो स्कुल कस्तो प्रकारको हो भन्ने निक्र्योल गर्न सकिन्छ।
अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र विकासमा कस्तो मद्दत गर्छ ?
यसका धेरै फाइदाहरू हुन्छन्। अतिरिक्त क्रियाकलापले विद्यालय शिक्षाको एक महŒवपूर्ण अंग हो। विद्यार्थीहरू दिनभरजसो आफ्नो कक्षा कोठामा बस्छन् पढाइको लागि। तर अतिरिक्त क्रियाकलापले विद्यार्थीको शारीरिक गतिविधि, विद्यार्थीलाई मानसिक विश्राम, सामाजिक रूपमा घुलमिल हुने अवसर प्रदान गर्छ। साथै अरूबाट धेरै काम लाग्ने कुरा सिक्ने मौका पाउँछन्। विद्यार्थीको समग्र विकासको लागि अतिरिक्त क्रियाकलाप धेरै नै आवश्यक हुन्छ।
विद्यार्थीलाई अध्ययनमा कसरी प्रोत्साहन दिन सकिन्छ ?
पहिलो त स्कुलको वातावरण विद्यार्थीका लागि आकर्षक र रोमाञ्चक हुनुपर्छ। चाहे त्यो अतिरिक्त क्रियाकलाप होस् वा या स्कुलको संगठित कार्यक्रमहरू हुन्। स्कुलको वातावरण यस्तो हुनुपर्छ कि विद्यार्थीहरू विद्यालय आउन उत्सुक हुन सकुन्। यदि विद्यार्थीहरू विद्यालयको बारेमा सकारात्मक हुन सकेनन् भने उनीहरूलाई अध्ययन गर्न गाह्रो हुन्छ।
बच्चालाई आउँदा दिनमा परिवारले कस्तो भूमिका खेल्न सक्छन् ?
परिवारका सदस्यहरू भनेको बच्चाहरूको लागि पहिलो शिक्षक हुन्। तर अझ पनि बच्चाले आफ्नो जीवन वस्यकहरूलाई हेरेरै सिक्छन्। बच्चाको उमेर बढ्दै जाँदा विशेषगरी आमाबुवाको संलग्नताले बच्चाको शैक्षिक वा अन्य कुराहरूमा ठूलो प्रभाव पर्छ।
बालबालिकाहरू विद्यालयमा के कस्ता समस्याबाट गुज्रिरहेका हुन्छन् ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ?
यो विश्वव्यापी समस्या हो। प्रत्येक बालबालिकाका लागि शिक्षाका अद्वितीय आवश्यकता हुन्छन्। विद्यार्थीलाई सुरक्षित वातावरणमा राख्न सक्नुपर्छ। उनीहरूसँग प्रत्यक्ष कुराकानी गरेर समस्याको समाधान गर्न सकिन्छ। बालबालिकाको कुनै पनि समस्या उनीहरूको पढाइ, व्यवहारमा प्रतिविम्बित हुन्छन्। त्यसैले विद्यालयले उनीहरूको व्यवहारमा भएको परिवर्तनहरूमा ध्यान दिनुपर्छ।
प्रतिक्रिया दिनुहोस !
