प्रविधिमैत्री शिक्षा

प्रविधिमैत्री शिक्षा
सुन्नुहोस्

सहज, सरल तथा प्रविधिमैत्री विद्यालय नै अभिभावकको रोजाइमा पर्नुपर्छ ।

बालबालिकाका लागि विद्यालय खोज्दा के के कुरामा ध्यान दिनुपर्छ ? 

मेरो विचारमा बालमैत्री वातावरण भएको विद्यालय बालबालिकाका लागि उपयुक्त हुन्छ। विश्वव्यापी मान्यता र अवधारणालाई आत्मसात् गर्दै स्थानीयतालाई सुस्पष्ट रूपमा बुझेको र सोहीअनुरूपका क्रियाकलापहरू सञ्चालन गर्दै बाल सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले स्थापित विद्यालय नै अभिभावकको रोजाइमा पर्नुपर्छ। बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै संस्कार, अनुशासन र सुरक्षालाई विशेष ध्यान दिई बालबालिकाको मानसिक विकास तथा शारीरिक वृद्धिमा टेवा पुग्ने खालका विद्यालय वास्तवमै अरूभन्दा फरक र विशिष्ट प्रकृतिका हुन्छन्। सहज, सरल तथा प्रविधिमैत्री विद्यालय नै अभिभावकको रोजाइमा पर्न सक्छन्। जहाँ बाल मानसपटल बुझिन्छ र शिक्षण सिकाइ गरिन्छ। तसर्थ, बालबालिकाको स्तर मूल्यांकन गर्दै सोहीअनुसारका गतिविधि सञ्चालन भएका र आफ्नो जिम्मेवारी पूरा गर्न सक्रिय विद्यालय अभिभावकको रोजाइमा पर्नु पर्दछ।

अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र विकासमा कसरी मद्दत गर्छ ?

एकदमै राम्रो प्रश्न।  अतिरिक्त क्रियाकलाप शिक्षण सिकाइ क्रियाकलापको अभिन्न अंग हो। यसले बालबालिकाको समग्र विकासमा मद्दत गर्दछ।  यसले उनीहरूलाई आधुनिक जीवन जीवनशैली र समाजिक जीवनको अनुभव प्रदान गर्दछ। बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत गर्दछ। उनीहरूलाई सामाजिक संवाद गर्न तथा समानता, सहभागिता, सहनशक्तिजस्ता मूल्यहरू सिकाउँछ।
बालबालिकाको कौशल र योग्यता विकासमा यसको महŒवपूर्ण भूमिका रहन्छ। खेलकुद, संगीत, नाटक, वाद्य र नाचजस्ता आफ्ना कलालाई प्रस्फुटित गर्ने मौका पाउँदा उनीहरूमा आत्मबलको विकास हुन्छ। यसले आफ्नो रुचिअनुसार  निर्णय गर्न सक्नुको साथै समयको व्यवस्थापन गर्न सिकाउँछ। आफ्नो शैक्षिक कामकाज र अन्य गतिविधिहरूको लागि पर्याप्त समय छुट्ट्याई उत्साहित भई आफ्ना काम ÷ कर्तव्य गर्न सक्ने र आत्मविश्वास र आत्मसम्मान विकासमा मद्दत गर्दछ। 

बालविकासका लागि परिवारको भूमिका कस्तो हुनुपर्छ ? 
स्वस्थ आहार, सहज पारिवारिक वातावरण र समयानुकूल गतिविधि बालबालिकाका लागि अत्यावश्यकीय हुन्छन्। परिवारले खेल्ने भूमिकाले बालविकासमा सकारात्मक÷नकारात्मक अवधारणाहरू विकास हुन्छन्। बाल संरक्षण, बालसहभागिता, बालविकास र बालअधिकारका सवालमा परिवारको भूमिका 
महŒवपूर्ण हुन्छ। 

बालबालिका काँचो माटो जस्तै हुन। उनीहरूलाई जस्तो आकार प्रकारमा पनि ढाल्न सकिन्छ। परिवार बालबालिकाको पहिलो पाठशाला हो भने अभिभावक बालबालिकाका पहिलो शिक्षक। बालमानसपटलमा सकारात्मक सोचको विकास गरी असल र सफल बनाउने दायित्व वा जिम्मेवारी अभिभावकको हो। बालबालिकाको समग्र विकास गरी आत्मसम्मानपूर्ण जीवन जिउने आधार निर्माण गर्न अभिभावकको भूमिका महŒवपूर्ण हुन्छ। अनुशासन, संस्कार र सभ्य नागरिक बनाई परिवार, समाज र देशप्रति दायित्व पूरा गर्ने कर्मठ, जागरुक व्यक्तित्व निर्माणमा परिवारको भूमिका हुनुपर्छ।

बालबालिकाले विद्यालयमा के कस्ता समस्याबाट गुज्रिरहेका छन् जस्तो लाग्छ ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ?
बालबालिकाका लागि विद्यालयीय जीवन सहज हुनुपर्छ। तर नेपालमा बालबालिकाहरूले विविध समस्याहरू झेल्नु परेको छ। सम्बन्धित निकायहरूको बीचमा समन्वय नहुँदा बालबालिकाहरूले शिक्षा प्राप्तिको अधिकारबाट बञ्चित हुने स्थिति सिर्जना भएको देखिन्छ।  सामान्यतया नेपालमा बालबालिकाले  निम्नलिखित समस्याहरू झेल्नु परेको देखिन्छ—

१. शिक्षा प्रणालीमा कमजोरी
२. अध्ययन सामग्रीको अभाव
३. विद्यालयीय जीवनमा संकटकालीन अवस्था
४.    बालबालिकाको जीवन र सिकाइमा सामाजिक रूपमा निषेधात्मक परम्परा
५. भौतिक सजाय तथा मानसिक दबाब
६ . विद्यार्थीमैत्री वातावरणको अभाव

उल्लिखित समस्या समाधानार्थ सबै निकाय जिम्मेवार भई लाग्नुपर्छ। सबैभन्दा पहिलो कुरा त शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षा प्रणालीमन समस्या समाधान गर्नुपर्छ। शिक्षामा  सबैको सहज पहुँच हुनुपर्छ।  शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्छ। बालबालिकाले समयमै अध्ययन सामग्री नपाउँदा कक्षागत तथा तहगत उद्देश्यहरू हासिल गर्न सक्ने वातावरण बन्दैन। विद्यालयीय जीवनमा बालबालिकाले विभिन्न संकटको सामना गर्नुपर्ने हुन्छ। जबसम्म शारीरिक, सामाजिक, मानसिक तथा संवेगात्मक रूपमा बालबालिकालाई अध्ययनप्रति रुचि जगाउने वातावरण सिर्जना गरिँदैन तबसम्म उनीहरूका लागि सहज वातावरण बन्दैन। लैंगिक विभेद, पौष्टिक आहारको अभाव, अभिभावकको दबाबयुक्त चाहना, विद्यालयको अनावश्यक तथा अनावश्यक कार्यशैली, बालबालिकामा प्रविधिले पारेको नकारात्मक प्रभावलाई समयमै हटाउन सक्नुपर्ने हुन्छ। पारिवारिक तथा विद्यालयबाट हुने भौतिक सजाय तथा मानसिक दबाबलाई शून्यमा झार्नुपर्छ। बालबालिकाको मानसिकतालाई बुझी सोही अनुरूपका क्रियाकलापहरू गर्नुपर्छ। बालमैत्री वातावरण निर्माण गरी विद्यालयको वातावरण सुधारका निम्ति सबै जिम्मेवार बन्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.