चितवन-२ मा जितनारायण श्रेष्ठ कांग्रेसका उम्मेदवार
११ जनाको नाममध्ये श्रेष्ठले टिकट पाएको जिल्ला सचिव ध्रुवराज पोखरेलले बताए।
चितवन : बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समिति र कार्यसम्पादनको बोर्डले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
श्रेष्ठ कांग्रेसका निवर्तमान जिल्ला समापति हुन्। उम्मेदवारका जिल्ला समितिले सिफारिस गरेका ११ जनाको नाममध्ये श्रेष्ठले टिकट पाएको जिल्ला सचिव ध्रुवराज पोखरेलले बताए। पार्टीको उम्मेदवार तोकिएसँगै निर्वाचनको प्रचार प्रसार सहितको तयारी थालिएको बताए। उक्त क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानको नागरिकता सम्बन्धी त्रुटीको कारण देखाउदै सांसद पद खारेज गरेको थियो।
रास्वपाबाट पुन लामिछाने र एमालेबाट गोपी श्रेष्ठ निर्वाचनमा उठ्ने चर्चा छ।