रेनार्ड फ्रेन्च महिला फुटबल टिमको प्रशिक्षक

उनको नेतृत्वमा साउदी अरबले विश्वकपमा अर्जेन्टिनाविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको थियो।
पेरिस: फिफा विश्वकपमा साउदी अरबको नेतृत्व गरेका प्रशिक्षक हेर्भे रेनार्ड फ्रेन्च राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन्। रेनार्डले यसै साता साउदीको टिमबाट राजीनामा दिएका थिए।
साउदी अरेबियन फुटबल महासंघ (एफएएफएफ)ले मंगलबार ५४ वर्षीया रेनार्डले सम्झौता तोड्न आग्रह गरेको बताएको थियो।
रेनार्डले फ्रेन्च महिला टिममा कोरिन्ने डियार्सेको स्थान लिनेछन्। फ्रेन्च टिमका केही खेलाडीले उनको नेतृत्वमा फ्रेन्च टिमबाट नखेल्ने घोषणा गरेपछि फ्रान्सेली फुटबल संघले उनलाई बर्खास्त गरेको थियो।
रेनार्डको नेतृत्वमा फ्रेन्च टिमले पहिलो ठूलो प्रतियोगिता विश्वकप खेल्ने भएको छ। महिला विश्वकप २० जुलाईदेखि २० अगस्टसम्म अस्ट्रेलिया र न्युजिल्यान्डमा हुनेछ।
‘रेनार्डलाई फ्रेन्च महासंघबाट प्रस्ताव आएको थियो, त्यसमा उनले इच्छा देखाए,’ साउदी फुटबल महासंघका अध्यक्ष यासिर अल–मिसेहालले भने।
फ्रेन्च नागरिक रेनार्डले सन् २०१९ देखि साउदीको पुरुष टिमको नेतृत्व सम्हालेका थिए। उनको नेतृत्वमा साउदी अरबले विश्वकपमा अर्जेन्टिनाविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको थियो।
प्रतिक्रिया दिनुहोस !
