हिमालयन शेर्पा जगदम्बा जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक

हिमालयन शेर्पा जगदम्बा जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक
सुन्नुहोस्

सिमरा रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा मकवानपुरमाथि ३–० को सहज जित निकाल्दै शेर्पा १० वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक पुगेको हो ।

सिमरा : खेलको ७४औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको स्थानमा मैदान पसेका निशान लिम्बु चम्किएपछि हिमालयन शेर्पा क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

सिमरा रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा मकवानपुरमाथि ३–० को सहज जित निकाल्दै शेर्पा १० वर्षपछि जीतपुरसिमरा गोल्डकपको उपाधी नजिक पुगेको हो । 

दोस्रो संस्करणको विजेता समेत रहेको शेर्पालाई अन्तिम दुईमा पुर्‍याउने क्रममा निशान लिम्बुले दुई र सुशिल राईले एक गोल गरे । जितसँगै जीतपुरसिमरामा पछिल्लो १० वर्षदेखि लगातार खराब प्रदर्शन गर्दै आएको शेर्पालाई राहत मिलेको छ । 

२०६९ सालमा सम्पन्न चौथो संस्करणको फाइनल खेलमा मनाङ मस्र्याङदी क्लबसंग पराजित भएयता जीतपुरसिमरा गोल्डकपमा शेर्पाको यात्रा सुखद् रहन सकेको छैन । झण्डै एक दशकपछि जीतपुरसिमराको उपाधी होडमा उभिने क्रममा शेर्पाले जारी सिजनमा मोफसलको दोस्रो प्रतियोगिताको फाइनल खेल खेल्ने अवसर समेत बनाएको छ ।  

शेर्पा यसअघि फागुनमा सम्पन्न मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको थियो । १५ लाख राशीको उक्त प्रतियोगितामा मनाङसंग १–० ले पराजित हुँदै शेर्पा उपविजेता बन्यो । मकवानपुर गोल्डकपछि शेर्पाले मोफसलका प्रतियोगितामा खराब प्रदर्शन गर्दै आएको छ । 

सुदूरपश्चिम खप्तड गोल्डकप र बुटवलमा सम्पन्न तिलोत्तमा गोल्डकपमा थ्रिस्टारसँग पराजित हुँदै शेर्पा जीतपुरसिमरा गोल्डकपमा सहभागी हुन आएको हो । दुई वटै प्रतियोगितमा थ्रिस्टारसँग निराश बन्न पुगेको शेर्पाका लागि जीतपुरसिमरामा यो पटकको यात्रा भने सुखद् रहन पुग्यो । 

ए डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई २–१ ले पन्छाएको शेर्पा मोफसलको मकवानपुर ११ माथि फराकिलो जित निकाल्दै तेस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल भयो । खेलको २९औं मिनेटमा अबियोमीको क्रसमा सुशिल राईले शेर्पालाई अग्रता दिलाएका थिए । डिबक्स भित्र अनमार्क रहेका सुशिलले अबियोमीको उत्कृष्ट पासलाई खेर फालेनन् । सुशिलको प्रहार नियन्त्रणमा लिन मकवानपुरका गोलरक्षक अनिश देउला असफल देखिए । 

शेर्पाले खेलमा अग्रता लिएपछि मकवानपुर दवावमा देखियो । भरतपुर फूटबल क्लबविरुद्ध टाइब्रेकरमा ४–३ को जित निकाल्दै शेर्पासंगको भेट पक्का गरेको मकवानपुरले लय देखाएपनि स्कोर निकाल्न भने सकेन् । यता शेर्पाले मकवानपुरविरुद्ध खेलमा बनाएको थुप्रै अवसर खेर फाल्यो । शेर्पाका कप्तान विश्वास श्रेष्ठ र स्ट्राइकर अबियोमीले थुप्रै अवसर गुमाए । सुरुवाती अग्रता जोगाउन शेर्पालाई हम्मेहम्मे परेको थियो । 

शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले खेलको ७४औं मिनेटमा विश्वासको स्थानमा निशानलाई मैदान पठाउने निर्णय लिए, जुन सहि सावित हुन पुग्यो । निशानले लगातार दुई गोल गर्दै जित सहज बनाए । खेलको ८७औं मिनेटमा मिलन राईले डिबक्स भित्र मिलाएको पासलाई निशानले सदुपयोग गरेका थिए । खामिर गिल्सनको स्थानमा निशानसंगै मिलन मैदान पसेका थिए । 

खेलको अन्तिम समयमा अग्रता दोब्बर बनाएको शेर्पाले इन्जुरी समयमा एक गोल थप्दै फराकिलो जित निकालेको हो । पाँच मिनेट थपिएको इन्जुरी समयमा निशानले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेका थिए । मकवानपुरका सुदीप सापकोटाको फितलो क्लियरेन्स बललाई निशानले पोष्टको दिशा दिएका थिए । 

निशान खेलको म्यान अफ दि म्याच घोषित भए । उनले महालक्ष्मी विकास बैंकद्धारा प्रायोजित म्यान अफ दि म्याच वापत १० हजार नगद प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहिवार चर्च ब्वाइज युनाइटेड क्लब र न्युरोड टिम एनआरटीबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.