क्यानडासँग २६ रनले हार्यो अमेरिका

क्यानडाका लागि कलीम साना र साद विन जफरले तीन-तीन विकेट लिए। यस्तै, हर्ष थाकेरले दुई तथा जेरेमी गोर्डन र पार्गन सिंहले एक-एक विकेट लिएका थिए।
विन्डोक : क्यानडाले आईसीसी क्रिकेट विश्वकप छनोटको प्ले अफमा अमेरिकालाई २६ रनले पराजित गरेको छ। नामिबियाको वान्डरर्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको क्यानडाले ४९.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९८ रनको योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले ४७.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन मात्रै बनाउन सक्यो।
अमेरिकाका लागि सुशान्त मोदानीले ६४ रनको अर्धशतकीय इनिङ खेले। यस्तै, नोस्थुस केन्जिगेले २८ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
क्यानडाका लागि कलीम साना र साद विन जफरले तीन-तीन विकेट लिए। यस्तै, हर्ष थाकेरले दुई तथा जेरेमी गोर्डन र पार्गन सिंहले एक-एक विकेट लिएका थिए।
क्यानडाका ओपनर आरोन जोनसोनले ५२ बलमा ६ चौका र एक छक्कासहित ४७ रनको इनिङ खेले। यस्तै, हर्ष थाकेर ७३ बलमा ४३ रन तथा निकोलस किर्टोन ३५ बल खेलेर पेभेलियन फर्के।
बलिङतर्फ अमेरिकाका सौरभ नेत्राभल्कर, अली खान र निसार्ग पटेलले दुई-दुई विकेट तथा जेसी सिंह र नोस्थुस केन्जिगेले एक विकेट लिए।
प्ले अफमा क्यानडा, जर्सी, नामिबिया, पपुवा न्युगिनी, यूएई र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन्। त्यसबाट शीर्ष दुई टिम जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकपको छनोटमा स्थान बनाउने छन्।
प्रतिक्रिया दिनुहोस !
