अन्तर जिल्ला सुरक्षा समन्वय बैठक : आपराधिक गतिविधिलाई नियन्त्रण गर्न साझेदारी गर्ने निर्णय

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक : आपराधिक गतिविधिलाई नियन्त्रण गर्न साझेदारी गर्ने निर्णय
सुन्नुहोस्

अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी अमरदिप सुनुवारले जानकारी दिए।

काठमाडौं : काठमाडौं उपत्यकामा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा मिलाउने निर्णय भएको छ। ललितपुर, काठमाडौ र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहभागी रहेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी अमरदिप सुनुवारले जानकारी दिए।

सहायक प्रजिअ सुनुवारले भने, 'ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको संयोजकत्वमा बुधबार बसेको बैठकमा उपत्यकाका तीन जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरुबाट हुन सक्ने फौजदारी अपराध, लागुऔषध, मानव बेचविखन, वन्यजन्तु सिकार, हातहतियार ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सीमा जोडिएका क्षेत्रमा एकआपसमा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा र सुव्यवस्था मिलाउने निर्णय गरिएको छ।'

बैठकमा उपत्यकामा हुनसक्ने विपद्जन्य घटनाहरुको न्यूनीकरण तथा व्यवस्थापन गर्न र सेवा प्रवाहमा समन्वय गरी यथाशिघ्र रुपमा नागरिकलाई सेवा उपलब्ध गराउने समझदारी भएको छ । उनले विगतमा अन्तर जिल्ला समन्वय बैठकमा भएका निर्णयहरुको कार्यान्वयन प्रगतिका बारेमा पनि समीक्षा भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.