प्रवक्ताको जिम्मेवारी कानुनमन्त्री श्रेष्ठलाई
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
काठमाडौं : बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
बैठकले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा प्रा. डा. नरविक्रम थापालाई नियुक्त गरेको छ। यसैगरी बैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकार मातहतका सबै कार्यालयहरूमा अनिवार्य विद्युतीय हाजिरी सेवा लागुगर्ने निर्णय पनि गरेको छ।