सगरमाथा क्षेत्र भ्रमणमा आएका जापानिज नागरिक बेपत्ता

सगरमाथा क्षेत्र भ्रमणमा आएका जापानिज नागरिक बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

सोलुखुम्बु : सगरमाथा क्षेत्र भ्रमणमा आएका एक जापानिज नागरिक एक सातादेखि बेपत्ता भएका छन् । सोलुखुम्बुको सदरमुकाम सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका जापानिज पुरुष नागरिक ५४ वर्षका हितोशी इशिबा चैत्र ८ गतेबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार गाइडबिना एक्लै भ्रमणमा आएका इशिबा १२ गते खुम्बु पासाङ्ल्हामु गाउँपालिका ५ नाम्चे चेकपोष्टमा इन्ट्री भएको देखिएको छ । 

सोही रात खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ स्थित छुकुम रिसोर्टमा बास बसेका उनी चैत्र १३ गते त्यहाँबाट खुम्बिलापासबाट लोबुचे जान्छु भनी हिंडेको खुल्न आएको छ । उनी सम्पर्कविहीन भएको खबर दुतावास मार्फत प्रहरीमा आएको बताइएको छ ।  अस्थायी प्रहरी चौकी दिङ्बुचेबाट खटिएको प्रहरी र स्थानीयले उनको खोजीलाई तीव्र पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.