मन्त्रीहरूको सपथ भोलि, अन्तिम गृहकार्यमा प्रधानमन्त्री

मन्त्रीहरूको सपथ भोलि, अन्तिम गृहकार्यमा प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : मन्त्रालय भागण्डा र सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको सत्ता साझेदार दलको बैठक सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम खाका ल्याउने बैठकपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, ‘भोलि सपथ ग्रहण गराउने भन्ने छ। केही कुरा मिलाउन बाँकी छ। प्रधानमन्त्रीज्यूले होमवर्क गरेर अन्तिम रुप दिनुहुन्छ।’

श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने बताए। मन्त्रालयको संख्यामा दलहरू सहमतिमा पुगे पनि कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न बाँकि रहेको श्रेष्ठको भनाइ छ। भोलि बीहीबार फेरि सत्ता साझेदार दलको बैठक बस्नेछ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.