पक्राउ परेका चिनियाँ नागरिकहरूले जब प्रहरी कार्यालयमै नाराबाजी गरे

पक्राउ परेका चिनियाँ नागरिकहरूले जब प्रहरी कार्यालयमै नाराबाजी गरे
सुन्नुहोस्

काठमाडौं : अनलाइमार्फत् ठगी धन्दा गर्दै आएका ९ जना चिनियाँ नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूले बुधबार प्रहरी कार्यालयमै नाराबाजी गरेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालय मिनभवनमा उपस्थित भएका चिनियाँ नागरिकले हतकडीसहित नाराबाजी गरेका थिए। सञ्चारकर्मीहरूमाझ सार्वजनिक गर्ने बेला उनीहरूले विरोध जनाएका थिए। 

फोटोग्राफरले फोटो खिच्ने क्रममा उनीहरू भुइँमै सुतेका थिए। फोटो खिच्न खोज्नेलाई समेत उनीहरूले दुर्व्यवहार गरेका थिए। चिनियाँ भाषामा नारावाजी गरेका उनीहरूले के भने? के बोले बुझ्न भने सकिएको थिएन। तर धेरैपटक 'ह्वाई' भन्ने शब्द प्रयोग गरेका थिए। 

कार्यालय प्रमुख मनोज केसीका अनुसार प्रक्राउ परेर हत्कडी लगाएपछि चिनियाँ नागरिकहरू उत्तेजित हुने र दुर्व्यवहार गर्ने गर्छन्। आक्रमण गर्नसमेत खोज्ने केसीको भनाइ छ। 

null 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.