सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू
सुन्नुहोस्

काठमाडौं : सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू  भएको छ। हरेक वर्ष चैत्र शुक्‍ल अष्टमीको दिनदेखि मच्छिन्द्रनाथको रथयात्रा हुनेगर्छ। आज मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म मच्छिन्द्रनाथको रथयात्रा हुनेछ। 

null

रथयात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरेको छ। महानगरले रथयात्रा हुने सडकहरूमा सबै प्रकारका  सवारी साधनलाई प्रवेश निषेध गरेको छ।

nullआज रथलाई जमल,रत्नपार्क,भोटाहिटीहुँदै असन पुर्‍याइनेछ। भोलि असन, केलटल, इन्द्रचोक  मखनहुँदै हुनमान ढोका र १७ गते मानढोका ,मरु ,चिकंमुगल,जोशीदेग:,ज्याबहालहुँदै लगन पुर्‍याइनेछ।

यसैगरी, चैत्र १८ गते साँझ ५ :३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइने छ भने चैत्र १९ गते साँझ ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.