बारामा लागुऔषधसहित तीनजना पक्राउ

बारामा लागुऔषधसहित तीनजना पक्राउ

वीरगन्ज: बाराबाट प्रहरीले लागुऔषधसहित तीनजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडदेवी गाँउपालिका  २ का ३१ वर्षीय अर्जुन कुमार श्रेष्ठ ,बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का १९ वर्षीय दिपेश कार्की र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय पुष्पबहादुर राई रहेका छन् ।

मंगलबार राति इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुरसिमरा १ स्थित सडकमा चेकजाँचको क्रममा मधेस प्रदेश ०३–००१ क.२२४३ नम्बरको लहरीको क्याविनमा सिटमुनी लुकाइछिपाई राखिएको अवस्थामा डाइजेपाम २८ पिस , फेनरागन २८ पिस र नर्फिन २८ पिस, नाइट्रोभेट ७५ पिस र नाइट्राजेपाम ८० पिससहित चालक श्रेष्ठ र कार्कीलाई पक्राउ गरेको हो ।

त्यहि स्थानमा चेकजाँचकै क्रममा प्रहरीले मधेस प्रदेश ०३–००१ क २२४२ नम्बरको लहरीको क्याविनमा सिटमुनी लुकाइछिपाई राखेको अवस्थामा डाइजेपाम २६ पिस , फेनरागन २६ पिस र नर्फिन २६ पिस, नाइट्रोभेट १५० पिस र नाइट्राजेपाम ४० पिस सहित चालक राईलाइ पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए । 

पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखेर लागुऔषध सम्बन्धि कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.