आज चैते दसैं : बागलुङको कालिका मन्दिरमा दर्शनार्थीको भीड

आज चैते दसैं : बागलुङको कालिका मन्दिरमा दर्शनार्थीको भीड
बागलुङ कालिका भगवती मन्दिरमा चैते दसैंको दिन भक्तजनको भीड । तस्बर : अर्जुन कार्की
सुन्नुहोस्

बागलुङ : चैते दसैंको अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बुधबार दर्शनार्थीको भीड लागेको छ ।  चैते दसैंको दिन (आज) बिहानैदेखि मन्दिरमा दर्शनार्थीको भीड लागेको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 

null

चैते दसैंका अवसरमा छिमेकी मुलुक भारतसहित,देशभरका विभिन्न क्षेत्रबाट समेत मन्दिरमा दर्शनार्थी आएको अध्यक्ष खड्काले बताए । उनले चैत्राष्टमीमा भक्तजन पूजाअर्चनाका लागि मन्दिरका ३ वटै ढोका खुल्ला गरिएको बताए ।

मन्दिरमा भक्तजनको भीड लागेपछि व्यवस्थापन चुस्त पारिएको अध्यक्ष खड्काले बताए । ‘चैत्राष्टमीमा हरेक वर्ष मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ,'अध्यक्ष खड्काले भने,‘अघिपछि एउटा मात्रै ढोकाबाट पुजाअर्चना गर्ने गरिए पनि चैत्राष्टमीमा तीनवटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।’

null

मन्दिरमा भक्तजनको सुरक्षा र व्यवस्थापनको लागि ३५ बढी कर्मचारी खटाइएको छ । कालिका मन्दिरमा पछिल्लो समय भारतीय भक्तजन बढि आउने गरेको अध्यक्ष खड्काले बताए । कालिमा मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ ।

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिकामा पुजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ देशभरका हिन्दु धर्मावलम्बी मन्दिरमा आउने गर्दछन् । चैत्राष्टमीको अवसमार गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको आयोजना गरेको छ । मेला १७ गतेसम्म चल्नेछ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.