'चोर बाटोबाट उपेन्द्र यादवलाई संसदमा छिराउने षड‍्यन्त्र गरिँदैछ'

'चोर बाटोबाट उपेन्द्र यादवलाई संसदमा छिराउने षड‍्यन्त्र गरिँदैछ'
सुन्नुहोस्

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टी जनताको उद्वारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरूको उद्दारका लागि बनेको दाबी गरेका छन् । राजधानमीमा आयोजित पत्रकार सम्मेलनमा राउतले माओवादी केन्द्रबाट शिवचन्द्र कुशवाहा पटक–पटक अन्याय र बहिस्करणमा परेको बताए। 

उनले कुशवाहालाई पार्टीमा स्वागत गर्दै बारा–२ मा हुने उपनिर्वाचनमा जिताएरै छाड्ने बताए ।

जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेको र बहिस्करण र अन्यायमा परेका नेताहरुको सम्मान गर्दै आएको उनले बताए । कुशवाहालाई पार्टीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको भन्दै उनले उपनिर्वाचनमा जितको अग्रिम शुभकामनासमेत दिए । बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको उनको दाबी छ ।

‘षड्यन्त्र गरेर कसैलाई चोरबाटोबाट पसाउनका लागि जालझेल रचियो । बारा–२ मा जबरजस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो,’उनले भने ।

सिट खाली भएर संसदमा घोषणा हुन नपाउँदै निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम घोषणा भएको उनले बताए । साथै,निर्वाचन आयोगका प्रमुख आयुक्तले उपराष्ट्रपतिमा महिला बाहेक उम्मेदवार बन्न सक्दैनन् भनेको अवस्थामासमेत सत्ताको आडमा पुरुष उम्मेदवारलाई निर्वाचित गराएको उनले बताए । 

बारा-२ मा उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवारी दिने तयारीमा छन्। यादवले उम्मेदवारी दिने भएपछि जनमतका अध्यक्ष राउतले असन्तुष्टि व्यक्त गरेका छन्। उनले यादवलाई बाराका जनताले बहिस्कार गर्ने दावी गरे।

कुशवाहालाई त्यहाँका जनताले जिताउनेमा कुनै शंका नरहेको उनको भनाइ छ।  लोकतन्त्रलाई बचाउनका लागि पनि कुशवाहालाई त्यहाँका जनताले जिताउने उनको दाबी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.