मेयर बालेन्द्रलाई प्रधानमन्त्रीको जबाफ : विश्वास गर्नुहोस्, यो सरकार पाँच वर्षसम्म टिक्छ

मेयर बालेन्द्रलाई प्रधानमन्त्रीको जबाफ : विश्वास गर्नुहोस्, यो सरकार पाँच वर्षसम्म टिक्छ
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठ्यारो भएको बताएका थिए । शाहले सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हने बताएपछि प्रचण्डले त्यसको जवाफ दिँदै  यो सरकार पाँच वर्षसम्म जाने दावी गरे।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म जाने बताएका छन् । न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले पाँच वर्षको अवधिमा सरकार टिक्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठ्यारो भएको बताएका थिए । शाहले सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हने बताएपछि प्रचण्डले त्यसको जवाफ दिँदै  यो सरकार पाँच वर्षसम्म जाने दावी गरे।

उनले भने,'मलाई विश्वास छ कि यो सरकार पाँच वर्षसम्म जान्छ । परिवर्तनलाई संस्थागत गर्नु अहिलेको मुख्य दायित्व हो । ’

जनयुद्धको जग र ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको उनको भनाइ छ।

प्रचण्डले भने,‘स्थानीय तहहरूले संविधान,संघीय कानुनहरू र प्रदेश कानुनहरूसँग नबाझिने हदसम्म कानुन निर्माणको अधिकारसमेत राख्दछन् । यो व्यवस्था विगतका परम्परा र अनुभवभन्दा पृथक मात्र छैन, विश्वका लागिसमेत प्रेरणादायी छ ।’

संविधानले व्यवस्था गरेअनुरुप राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूहरूसामु रहेको बताए ।

वर्तमान सरकार संघीय शिक्षा ऐन,संघीय निजामती ऐनलगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको बताए । प्रचण्डले भने, ‘कतिपय संघीय कानुनहरूसमेत एकाअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी भूमिका खेलिरहेको छ ।  ऐनहरूले निर्माण र संशोधनको प्रक्रिया पूरा हुँदा हाम्रो संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्नेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.