अब आउने संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश हुन्छ : मन्त्री मोदी

अब आउने संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश हुन्छ : मन्त्री मोदी
सुन्नुहोस्

काठमाडौं : संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्थानीय पालिकाले जनताको चाहना बमोजिम काम गर्नुपर्ने बताएका छन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन अवसरमा बोल्दै मन्त्री मोदीले कयौं वर्षदेखि अड्किएको संघीय निजामती सेवा ऐन अन्तिम चरणमा पुर्‍याइएको बताएका हुन् । अब अर्को संसद् बैठकमा संघीय निजामती सेवा ऐन पेश हुने बताए ।

मन्त्री मोदीले भने,‘स्थानीय पालिकाले जनताको चाहना बमोजिम काम गर्नुपर्छ । संघीय निजामती सेवा ऐन ल्याउने लक्ष्य लिए,सबैको सुझाव लिएर एउटा प्रक्रियामा पुर्‍याए । कानुन र अर्थ मन्त्रालयमा सहमतिका लागि पुगेको छ ।’ 

उनले श्रेणीगत कि तहगत भन्ने विवाद अन्त्य गरी तहगत लागू गरिने बताए । ऐनमा उमेरहद ६० वर्ष राखिएको उनको भनाइ छ।

मोदीले भने,‘स्थानीय तहको विकट ठाउँमा कोहि कार्यकारी जान नचाहने अवस्था छ । त्यो कार्यकारी अधिकृत हुँदैन भनेर त कहिले राख्नुपर्‍यो भनेर ग्रुपग्रुप आउँछ । ’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.