पोखरा १२ लाई प्लास्टिक व्यवस्थित वडा बनाइदै

पोखरा १२ लाई प्लास्टिक व्यवस्थित वडा बनाइदै
पोखरा १२ मा प्लास्टिक न्यूनिकरण र व्यवस्थित वडा बनाउने योजना अन्तर्गत वडामा अन्तरक्रिया कार्यक्रममा सहभागी ।  तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

पोखरा : प्लास्टिकजन्य फोहोरको कारण यति बेला पोखराका प्राकृतिक सम्पदा ताल,नदी,खोला,नहर,सडक,बारी,खेत प्रदूषणको चपेटामा पर्दै गएका छन् । प्लास्टिकका कारण उब्जाउ खेतबारीमा उत्पादन कम हुनेदेखि प्राकृतिक सम्पदा प्रदूषणको चपेटामा परेका छन् ।

प्लास्टिकर प्रदूषण बढी रहेको बेलामा पोखरा १२  र यूएनडीपीबीच मंगलबार प्लास्टिक न्यूनिकरण र व्यवस्थित वडा बनाउने योजना अघि बढेको छ । शून्य फोहोर न्यूनिकरणको मोडेलमा विकास र कार्यान्वयन परियोजनामा एमओयू सम्झौता भएको छ । वडा तहमा पूर्ण चक्रिय प्लास्टिक फोहोर न्यूनिकरण र व्यवस्थापन गर्ने गरी योजना अघि बढेको हो । 

यसकालागि यूएनडीपीले ८० लाख बजेट वडामा खर्च गर्ने सम्झौता भएको पोखरा १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले बताए । प्लास्टिक न्यूनिकरण व्यवस्थापन र समुलायमा आधारित शून्य प्लास्टिक फोहोर व्यवस्थापन प्रणालीको विकास र कार्यान्वयनका लागि उपयोग गरिने छ । वडाको फोहोर संकलन गर्ने संस्था भद्रकाली वेस्ट,वडाका टोल सुधार समिति,आमा समूह,युवा क्लब र स्थानीय संघ संस्थासँग मिलेर फोहोर व्यवस्थापन हुने भएको हो । यस कार्यक्रमको प्रवद्धन पोखरा महानगरपालिका र पोखरा १२ वडा कार्यलयले गर्ने छ ।  

आयोजनालाई सेन्टर फर इनर्जी एन्ड इन्भायरमेन्ट नेपाल, ब्लू वेस्ट टु भ्यालु प्रालि र ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिले स्थानीय रुपमा कार्यान्वयन गर्ने छ । पोखरा महानगरपालिका १२ मा ठोस र प्लास्टिक फोहोरको आधारभूत सर्वेक्षण र मूल्याङ्कन गर्ने र फोहोर व्यवस्थापन प्रदर्शन तथा तालिम केन्द्र वडामा बनाइने छ । प्लास्टिकको व्यवस्थापनमा चुनौति बढिरहेको अवस्थामा यो परियोजना प्लास्टिक व्यवस्थापनका लागि नमूना बन्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विश्वास गरे । 

सम्झौतामा  १ सय देखि २ सय मिटरको प्लास्टिक सडक प्रदर्शन गर्ने सहमति भएको छ । पूर्ण चक्रिय प्लास्टिक फोहार न्यूनीकरण र व्यवस्थापन गरिने छ । व्यवस्थापनकालागि अभ्यास र सरसफाई अभियान पनि संचालन गरिने सेन्टर फर इनर्जी एन्ड इन्भायरमेन्ट नेपालका अध्यक्ष प्राफेसर कृष्णराज श्रेष्ठले बताए ।

 प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि पोखरामा रहेको प्लास्टिक प्रशोधन केन्द्रको स्तरोन्नति गरि काम नलाग्ने प्लास्टिकले प्लास्टिक रोड,प्लास्टिक इँटा,पुनः प्रशोधन गरेको वस्तु र उद्योगको इन्धन बनाउने काम समेत गरिने यूएनडीपी जीइएफ एसजीपीका राष्ट्रिय कोओडिनटर विवेकधर शर्माले बताए । कार्यान्वयनका लागि प्लास्टिक न्यूनिकरण र व्यवस्थित वडा र समुदाय बनाउने नीतिहरू मस्यौदा बनाएर अघि बढ्ने भएको छ । 

यो अभियानअन्तर्गत ३ सय घर धुरीको फोहोरको आधारभूत सर्वेक्षण र मुल्याङकन गरिनेछ । यस अभियानमा फोहोरहरू छुट्टयाउने र कम्पोस्ट विनबाट कसरी कम्पोस्ट मल बनाउने भन्ने व्यवहारिक शिक्षा दिने कार्यक्रम रहेको ब्लू वेस्ट टु भ्यालु प्रालिका सिइओ नविन विकास महर्जनले बताए । 

यसको साथै पोलिथिन झोलाको विकल्पमा सड्ने खालका झोलाको उपयोग बढाउनेमा जोड दिइने कार्यक्रमको उद्देश्य रहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.