एआईको कारण लाखौं रोजगारी गुम्ने खतरा,  कुन क्षेत्र छ कम जोखिममा?

एआईको कारण लाखौं रोजगारी गुम्ने खतरा,  कुन क्षेत्र छ कम जोखिममा?
सांकेतिक तस्बिर।
सुन्नुहोस्

अमेरिकी बैंक गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरेको हो ।

आर्टिफिसियल इन्टेलिजेन्सका कारण आगामी दिनमा विश्वभर ३० करोड रोजगारी गुम्न सक्ने एक रिपोर्टले दावी गरेको छ । अमेरिकी बैंक गोल्डम्यान साक्सको रिपोर्टमा एआईले ३० करोड रोजगारी प्रतिस्थापन गर्न सक्ने दाबी गरेको हो ।

प्रतिवेदनमा भनिएको छ कि एआईले भविष्यमा अमेरिका र युरोपमा एक चौथाई रोजगारी हटाउन सक्छ। तर यससँगै नयाँ रोजगारीको सम्भावना पनि उत्पन्न हुन सक्छ।

प्रतिवेदनमा एआईका कारण विश्वभरको उत्पादकत्वमा करिब ७ प्रतिशत वृद्धि हुने जनाइएको छ । बेलायतमा, सरकार एआईमा लगानीलाई प्रोत्साहन गर्न इच्छुक छ। यसले अन्ततः उत्पादकत्व बढाउने बेलायतको विश्वास छ।

बेलायतको विज्ञान र प्रविधि मन्त्री मिशेल डोनेलनले भने, 'हामी यो सुनिश्चित गर्न चाहन्छौं कि बेलायतमा एआईले हाम्रो रोजगारीलाई हटाउनको सट्टा सुधार गर्न काम गर्नेछ।'

गोल्डम्यान साक्सको रिपोर्टमा एआईको प्रभाव धेरै क्षेत्रमा देखिने जनाइएको छ । जसमध्ये ४६ प्रतिशत प्रशासनिक र ४४ प्रतिशत कानुनी पेशा प्रभावित हुने छन् ।

एआईको न्यूनतम प्रभाव शारीरिक श्रम बढि गर्नुपर्ने क्षेत्रमा हुने जनाइएको छ। प्रतिवेदनमा निर्माण क्षेत्रमा ६ प्रतिशत र मर्मत सम्भारमा ४ प्रतिशतले असर पर्ने उल्लेख छ । बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.