मिस लिम्बूको उपाधि भिनुमालाई

मिस लिम्बूको उपाधि भिनुमालाई
सुन्नुहोस्

मिस लिम्बूको शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँ र स्कुटर प्राप्त गरिन्। यस्तै फस्ट रनरअप काजलले एक लाखसहित विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेन्ड रनरअप मुना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

काठमाडौं : खाम्लालुङ तेह्रथुमकी भिनुमा पाहिमले मिस लिम्बूको ताज पहिरेकी छन्। १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै भिनुमा छैटौं ‘मिस लिम्बू’ बनेकी हुन्। ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित आयोजना भएको प्रतिस्पर्धामा १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा मिस लिम्बू घोषित भएकी हुन्। 

याक्थुङ युथ एशोसिएसन (वाईवाईए) द्वारा आयोजित प्रतियोगितामा पाँचथरकी काजल सेलिङ लिम्बू फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेन्ड रनरअप भएका छन्। विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ। 

मिस लिम्बूको शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँ र स्कुटर प्राप्त गरिन्। यस्तै फस्ट रनरअप काजलले एक लाखसहित विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेन्ड रनरअप मुना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्। प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो।

जसमा बेस्ट स्किन र युमा अवार्ड नीता लिम्बू, बेस्ट हेयर र मल्टिमिडिया अवार्ड मन नाल्बो लिम्बू, बेस्ट क्याटवाक र बेस्ट ड्रेस अवार्ड ज्वाला कुरुम्बाङ, फ्रेन्डली अवार्ड साम्माङ थाम्सुहाङ, मिस चार्मिङ अवार्ड भिनुमा पाहिम, बेस्ट पर्सनालिटी अवार्ड दीपिका सेलिङ, मिस ट्यालेन्ट अवार्ड फुङ्निमा योङ्हाङ, मिस डिसिप्लिङ अवार्ड सुष्मा इम्सङ, बेस्ट स्माइल अवार्ड  एलिना तुम्बापो, बेस्ट फिगर अवार्ड काजल सेलिङ, मिस कन्फिडेन्ट अवार्ड मुना चेम्जोङ, मिस पङ्च्युअल अवार्ड अनुषा पारघरी र बेस्ट फोटोजेनिक अवार्ड अस्मिता मादेन लिम्बूले हात पारेका छन। 

पूर्वमिस नेपाल माल्भिका सुब्बा, इभाना मानन्धर, बरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा. बेन सुब्बा, पूर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.