नेपालसँगको ऐतिहासिक बराबरीपछि भुटान फर्किँदा टाउको त उँभौ नै गर्नुपर्‍यो : प्रशिक्षक पेमा

नेपालसँगको ऐतिहासिक बराबरीपछि भुटान फर्किँदा टाउको त उँभौ नै गर्नुपर्‍यो : प्रशिक्षक पेमा
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपमा मंगलबार नेपालविरुद्ध १–१ गोलको ऐतिहासिक बराबरीपछि भुटानका मुख्य प्रशिक्षक पेमा पेमा सन्तुष्ट देखिन्थे। 

भुटानका लागि नोर्बुले १९औं मिनेटमा गरेको गोलसँगै नेपाल खेलमा १–० ले पछाडि परेको थियो।

छेल्त्रिम नाम्गेलले १९औं मिनेटमा हानेको बल सनिश श्रेष्ठलाई लागेर कर्नरमा परिणत भएको थियो। सोही कर्नरमार्फत दावा छिरिङले प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स अगाडि रहेका तेन्जिन नोर्बुले हेडरमार्फत गोल गरेका थिए।

पहिलो हाफमा १–० ले पछाडि परेको नेपालका लागि दीपकराज सिंह ठकुरीले इन्जुरी समयमा गोल फर्काएसँगै नेपाल बराबरी गर्न सफल भएको थियो।

खेलपछि पत्रकारसँगको कुराकानीमा भुटानका प्रशिक्षक पेमाले खेल योजनाअनुसार भए पनि अन्तिम समयमा ‘कन्सन्ट्रेसन’ गुमाउँदा गोल खानु परेको बताए।

‘अन्तिम मिनेटमा हार्दा दुखै हुन्छ, तै भापनि केही छैन। अर्को पाली राम्रो तयारी गरेर आउँछौं,’ उनले भने, ‘आजको सुरआती ११ सम्म हामीले तयारी गरेका थियौं। १–० ले जित्यो भने पनि फाइनलमा पुगिन्छ भनेर मनोबल बढाएको थिएँ।’

नेपाली टिममा नयाँ प्रशिक्षक र खेलाडी नयाँ भएकाले प्रदर्शन खस्किएको बताएका छन्। ‘पुरानो खेलाडी सबै अस्ट्रेलिया जानु भएको छ। प्रशिक्षकसँग भिज्न समय लाग्छ,’ उनले भने, ‘पहिले हामी खेल्दा, हामी नेपालसँग सधैँ हारेको हो। इतिहासमा पहिलो पटक बराबरी भयो, खुशी लाग्यो तर नेपालको प्रदर्शन खस्किएको जस्तो लाग्यो।’

आफूले खेलेको समयको तुलनामा भुटानी फुटबलको स्तर पनि सुध्रिएको उनले बताए। ‘भुटानी फुटबल माथि उकासिएको जस्तो छ, बल पोसेसन वाइज, अट्याकिङमा पनि नेपाललाई डोमिनेट गर्‍यो,’ उनले भने, ‘इतिहासमा पहिलो पटक हो नेपालसँग बराबरी भएको, भुटान फर्किँदा टाउको त उँभै गरेर जानुपर्‍यो।’

यस्तै, नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले पहिलो हाफमा कमजोर प्रदर्शन भए पनि दोस्रो हाफमा पुनरागमन गर्न सफल भएको बताए।

‘हामी फाइनलमा पुगिसकेका छौं, पहिलो हाफमा हामी कमजोर देखियौं, दोस्रो हाफमा पोसेसनमा डोमिनेट गरेर केही मौका  बनायौं,’ उनले भने, ‘अञ्जन विष्ट र मनीष डाँगीले राम्रो मौका पाए पनि हामीले सदुपयोग गर्न सकेनौं।’

महत्त्वपूर्ण कुरा फाइनलमा पुग्नु भएको र अब नेपालले त्यसका लागि तयारी गर्नै प्रशिक्षक एनेसले बताए।

नेपालले फिनिसिङमा सुधार गर्नुपर्ने पनि उनको तर्क थियो। यस्तै, नेपालका कप्तान किरण चेम्जोङले पहिलो हाफमा भुटनिज खेलाडीलाई मार्क गर्न नसक्दा गोल खानु परेको बताए।

इतिहासमा पहिलो पटक भुटानसँग बराबरी खेलेकोबारे किरणले भने, ‘फुटबलमा रिजल्ट यस्तै हुन्छ, हामीले १२ पटक जितेका थियौं होला। पहिलो हाफमा हामी ओभर कन्फिडेन्ट थियौं जस्तो लाग्छ। तर, दोस्रो हाफमा हामीले राम्रो खेल्यौं। गल्तीबाटै सिक्ने हो। फाइनलका लागि तयारी गर्नेछौं।’

टिममा नयाँ खेलाडीरू टिममा आइरहेको र दुई दिनको तयारीमा प्रतियोगिता खेल्नु परेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.