मन्त्रालयमा दलहरूको आ-आफ्नै अडान, दबाबमा प्रधानमन्त्री प्रचण्ड

मन्त्रालयमा दलहरूको आ-आफ्नै अडान, दबाबमा प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : मन्त्रालय भागबण्डा गर्न बसेको दस दलीय सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेससहित साना दलहरूले बढी मन्त्रालय दाबी गर्दा सहमति हुन नसकेको स्रोतले बतायो।

'सबै दलका प्रतिनिधिहरूले मन्त्रालयमा धेरै दाबी गर्नुभयो। त्यसरी दाबी गर्दा मन्त्रालयको संख्या अपुग हुने देखियो। जसका कारण सहमति हुन सकेन,' बैठकमा सहभागी एक नेताले अन्नपूर्णलाई बताए।

बैठकमा दस सहभागी भए पनि कांग्रेस एक्लैले ८-९ वटा मन्त्रालय दाबी गरेको ती नेताको भनाइ छ। नेकपा एससहित साना दलहरूले पनि तीन मन्त्रालय दाबी गरेको उनले बताए।

'आजको बैठकमा अस्वभाविकरूपमा सबैले धेरै मन्त्रालय दाबी गरे। त्यसरी दाबी गर्दा भागबण्डा हुन नसकेको हो। प्रधानमन्त्रीज्युले भागबण्डा मिलाउने प्रयासमा हुनुहुन्छ,' माओवादीका एक नेताले बताए।

बैठकमा गृह मन्त्रालय कसले पाउने भन्नेबारे पनि विवाद देखिएको थियो। माओवादीले आफैँसँग राख्ने बताउँदै आए पनि कांग्रेस र नेकपा एससमेतले गृहमा दाबी गरेको स्रोतले बतायो। 

मन्त्रालयमा सहमति नजुटे पनि प्रधानमन्त्रीले सरकारको तर्फबाट न्युनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए। उक्त मस्यौदाउपर दलका नेताहरूले सुझाव दिएका थिए। भोलि बस्ने बैठकले मस्यौदालाई अन्तिम रुप दिने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए। 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा दबाबमा परेका छन्। दोस्रोपटक विश्वासको मत पाएपछि उनले तीन चार दिनमै सरकारले पूर्णता पाउने र सरकारको गति तीब्र हुने दाबी गरेका थिए। तर हप्ता दिन बढी भइसक्दा पनि प्रधानमन्त्री प्रचण्डले वाचा पूरा गर्न सकेका छैनन्। जसका कारण उनी पार्टीभित्रै पनि आलोचित भइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.