मुस्ताङमा अस्पतालमा ‘सामाजिक सेवा इकाई’

मुस्ताङमा अस्पतालमा ‘सामाजिक सेवा इकाई’
सुन्नुहोस्

जोमसोम : मुस्ताङमा मंगलबार ‘सामाजिक सेवा इकाई’ स्थापना गरिएको छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यले दिने स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नपरोस् भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ। 

यसैलाई मध्यनजर गर्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा मुस्ताङ अस्पताल जोमसोममा सामाजिक सेवा इकाई स्थापना गरिएको हो।

सामाजिक सेवा इकाईको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले एक समारोहका बीच उद्घाटन गरिन्। 

गुरुङले राज्यले प्रत्याभूत गरेको स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्‍याउने अभिलाषासहित स्थापना भएको इकाईले स्वास्थ्य सेवालाई पारदर्शी र सेवामैत्री बनाउनुपर्नेमा जोड दिइन। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले इकाईको सेवा लक्षित वर्गसम्म पुग्नुपर्ने र सेवालाई फराकिलो र सैवामैत्री सरल ढंगले सहजीकरण गरिनुपर्ने बताए।

सामाजिक सेवा इकाई स्थापनाको सन्दर्भ पारेर मुस्ताङ जिल्ला अस्पतालले वार्षिक प्रगति पुस्तिका प्रकाशन गरेको छ। 

जिसस प्रमुख गुरुङ, प्रजिअ केसी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले संयुक्त रूपमा विमोचन गरे। यसअघि सामाजिक सेवा इकाईले प्रवाह गर्ने सेवा र लक्षित समूहका विषयमा अस्पतालका कर्मचारी नविन थापाले प्रस्तुतीकरण गरे।

इकाई स्थापनाका क्रममा मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले आर्थिक अभावमा कुनै पनि व्यक्तिको उपचारमा समस्या नआओस् भन्ने हेतुले सामाजिक सेवा इकाई स्थापना गरिएको बताए। 

उनले यो सेवासँगै आगामी दिनमा नागरिकको स्वास्थ्य उपचारमा थप सहज हुने जनाए। मुस्ताङ जिल्ला अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गर्न चालु आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारको सशर्त अनुदान १५ लाख बजेट विनियोजन गरेको हो। 

सोही बजेट खर्च गरी लक्षित समूहलाई सेवा प्रवाह गरिने बताइएको छ। यसका लागि सहजकर्ता समेत नियुक्त गरिएको छ। सामाजिक सेवा इकाई कार्यविधि २०७८ बमोजिम विभिन्न १२ समूहलाई लक्षित समूहका रूपमा सूचीकृत गरिएको हो।

लक्षित समूहमा पर्ने गरिव,असाहाय,अपांगता,ज्येष्ठ नागरिक,लैंगिक हिंसा पीडित वालवालिका,अभिभावक नभएका गरिब तथा विपन्न, विपद् एवं प्राकृतिक प्रकोप पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति, महिला स्वास्थ्य स्वंयसेविका, कुपोषित वालवालिका, थुनवा कैदी/बन्दी र सहित परिवारलाई सामाजिक सेवा इकाईले स्वास्थ्य सेवामा निःशुल्क सेवा र आशिंक शुल्क छुट गरी स्वास्थ्य सेवा उपलब्ध गराइने बताइएको छ।

सामाजिक सेवा इकाईको मापदण्डभित्र पर्ने बिरामीले ओपीडी सेवामा १२ सय, एमरजेन्सी सेवामा ४ हजार र एम्बुलेन्स सेवामा ५ हजार रूपैया छुट पाउने व्यवस्था गरिएको छ। उल्लेखित स्वास्थ्य सेवामा लक्षित समूहको समतामुलक पहुँच पुर्‍याउन इकाईले सहजीकरण र सहयोग गर्ने उल्लेख गरिएको छ।

विभिन्न लक्षित समूहलाई वर्गीकरणका आधारमा सेवा शुल्कमा छुट दिने व्यवस्था गरिएको हो। जसअन्तर्गत सेवा लिने आउने लक्षित समूहले ५० प्रतिशतदेखि शतप्रतिशत छुटमा स्वास्थ्य सेवा लिने पाउने छन्। 

मुस्ताङ जिल्ला अस्पतालले स्थापना भएको सामाजिक सेवा इकाईले २४ सै घण्टा लक्षित समूहलाई स्वास्थ्य सेवा प्रवाह गर्ने जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.