विद्यालयमा  सुशासन र भ्रष्टाचार निवारण विषय पढाउन पहल

विद्यालयमा  सुशासन र भ्रष्टाचार निवारण विषय पढाउन पहल
सुन्नुहोस्

काठमाडौं : सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धको अभियान सशक्त बनाउन प्राथमिक तहबाटै विद्यार्थीलाई शिक्षित गर्दै लैजान त्रिभुवन विश्वविद्यालय (टियू)ले पहल थालेको छ। 

टियुको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रले सोमबार आयोजना गरेको कार्यक्रममा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरूले यस्तो पहल गरेका हुन्। 

नेपाल लगायत विश्वका अन्य विकसित तथा विकासोन्मुख मुलुकहरूमा पनि सुशासन तथा भ्रष्टाचार निवारण सम्बन्धी विभिन्न तरिकाले शिक्षण संस्थाहरूले तल्लो तहदेखि नै सुशासनका बारेमा अध्यापन गर्दै आएकाले नेपालमा पनि गर्न उनीहरूले जोड दिए।

सो केन्द्रको स्नातकोत्तर तह पहिलो शैक्षिक सत्रका विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा प्राध्यापक तथा वरिष्ठ अर्थशास्त्रीहरूले राजनीतिक, सामाजिक तथा आर्थिक सुधारको क्रमसँगै सुशासनलाई पनि सँगै सुधार गर्दै लान सकियो भने दिगो रूपमा आर्थिक विकास गर्न सहयोग पुग्ने औंल्याए। 

यसैक्रममा विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्रा.डा कुशुम शाक्यले संसारभरी नै सुशासन को महत्व बढ्दै गएको र यसले समग्र विकासमा र सामाजिक रुपान्तरणमा सहयोग पुग्ने महसुस गरी यो विश्वविद्यालयले अध्यापन सुरु गरेको बताइन्। 

टियूको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डा.रमेश पौडेलले असल व्यक्ति र शैक्षिक संस्थाले देशमा सुशासन स्थापित गर्न र भ्रष्टाचार विरोधि चेतनाको विकास गर्न योगदान गर्नुपर्ने बताए। 

यसैले पनि यो अध्ययनलाई प्राथमिक शिक्षासम्मै विस्तार गर्नुपर्ने उनको भनाइ छ। ‘देशमा जसरी सुशासन बिग्रेको छ त्यसलाई झन् नबिग्रियोस् भनेर यस्ता कार्यक्रमहरू र अगाडि बढाउन आवश्यक छ। यो विषयको पढाइ सम्पन्न गरी सकेपछि विद्यार्थीले रोजगार बजारमा प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास  लिएका छौं,’ उनले भने। 

यसै क्रममा सहायक डिन प्राडा तारा प्रसाद भुसालले विद्यार्थीहरू भोलिका दिनमा यस क्षेत्रका विज्ञका रुपमा तयार हुने बताए। 

सो केन्द्रका अध्यापक तथा नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारीले सुशासन तथा भ्रष्टाचार निवारणको अध्ययन अध्यापनले  व्यक्ति र समाजमा जवाफदेहिता बढाउने बताए। नेपाल जस्तो विकासशील देशमा शासनको प्रभाकारिता बढाउन सहयोग पुग्ने उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.