दैलेखमा पाँच हजारले एसईई दिँदै, २४ परीक्षा केन्द्र निर्धारण

दैलेखमा पाँच हजारले एसईई दिँदै, २४ परीक्षा केन्द्र निर्धारण
एसईई परीक्षा केन्द्र रहेको सरस्वती मावि तर्ताङ्ग। हिक्मतबहादुर नेपाली।
सुन्नुहोस्

दैलेख : चैत्र १७ गते शुक्रबारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दैलेखका पाँच हजार बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई दैलेखका अनुसार जिल्लाभर पाँच हजार सात सय ३५ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन्। 

परीक्षामा नियमिततर्फ पाँच हजार एक सय ८१, ग्रेडवृद्धितर्फ चार सय १२ र प्राविधिक धारतर्फका एक सय ४२ जना विद्यार्थी सहभागी हुने निमित्त इकाइ प्रमुख रतनबहादुर विस्टले जानकारी दिए। परीक्षाका लागि जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। 

त्रिभुवन मावि नयाँ बजार, सरस्वती मावि तर्ताङ्ग, बसन्त मावि किमुगाउँ, रेडक्रस मावि भुर्ती, फूलबारी विद्या मन्दिर, कालिका मावि तिलेपाटालाई परीक्षा केन्द्र निर्धारण गरिएको छ। जनज्योती मावि राकमकर्णालीमा दुई वटा केन्द्र केन्द्र रहनेछ। यस्तै कृष्ण मावि लकान्द्र, जयदेव मावि जम्बुकाँध, चामुण्डा मावि हाडाकोट, भैरब मावि डौंसुर, विजया मावि दुल्लु, नेरा मावि किर्तीखम्ब, सरस्वती मावि विनायक,  धुलेश्वर मावि चगत्रा, हिमालय मावि डाँडीमाडीलाई समेत परीक्षा केन्द्र तोकिएको छ। 

यसै गरी गैडाबाज मावि काँडासिरौला, त्रिवेणाी संगम मावि चुप्रा, भैरब मावि नौमूले, ज्वाला मावि बेस्तडा, सिता जनसहयोग मावि अवलपराजुल, लक्ष्मी मावि रतिखोला र जयजनता मावि जोरेबाँझमा समेत एसईई परीक्षा केन्द्र तोकिएको छ। 

निमित्त इकाइ प्रमुख विस्टका अनुसार परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ। ‘सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ, परीक्षा केन्द्र नजिकको प्रहरी चौकीमा प्रश्नपत्र पठाइसकेका छौँ, केन्द्राध्यक्ष नियुक्ती गरेर अभिमुखिकरण समेत भइसकेको छ,’ उनले भने। केन्द्राध्यक्षहरुलाई सोमबार अभिमुखीकरण गरिएको निमित्त इकाइ प्रमुख विस्टले जानकारी दिए। उनका अनुसार एसईई परीक्षा सञ्चालनका लागि निर्धारण भएको २४ वटा केन्द्रमध्ये दुई वटा केन्द्रमा महिला शिक्षक केन्द्राध्यक्ष नियुक्त गरिएको छ। सरस्वती मावि तर्ताङ्ग र सिता जनसहयोग मावि अवलपराजुलमा महिला शिक्षक केन्द्राध्यक्ष रहने विस्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.