राजनीतिको सही लय

इजलास

राजनीतिको सही लय
सुन्नुहोस्

अहिले जे भएको छ, जायज भएको छ ।

हाम्रो देशको राजनीति अनेक उतारचढावका कारण पेचिलो बन्यो। संविधान र पछिल्लो जनमतको परिणाम हेर्दा एउटै दलले सरकारको नेतृत्व गर्न बहुमत नपाएपछि समीकरण गर्नै पर्ने अवस्था आयो। गठबन्धन गर्नु चुनौतीपूर्ण छ। राजनीति सम्भावनाको खेल हो। मुलुक र जनतालाई हितमा राखेर राजनीति गर्नुपर्छ। परिस्थितिअनुसार हिँड्न पनि सक्नुपर्‍यो। 

राष्ट्रिय राजनीतिक परिस्थिति जटिल छ। तापनि, अहिले बनेको समीकरणले परिवर्तन पक्षधर एकै ठाउँमा आएको अवस्था हो। शान्ति र संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका सहयात्री दलहरूको समीकरण बनेको छ। अहिले जे भएको छ, जायज भएको छ। अब राजनीति ट्र्याकमा जाँदै छ। एकल पार्टीको बहुमत नभए पनि समीकरण गर्नुपर्ने बाध्यताले लोकतन्त्र, शान्ति र संविधानका लागि दलहरू एक ठाउँमा हुनु मुलुक र जनताका लागि हितकर छ। 

विश्वभर देखिएको आर्थिक संकटको प्रभावले थलिएको हाम्रो देशको अर्थतन्त्रलाई यसले ट्र्याकमा लैजान मद्दत पुग्छ। अहिले देखिएको जटिलता समाधान गर्नुपर्ने, मुलुकलाई अगाडि बढाउनुपर्ने जिम्मेवारी सत्ता गठबन्धनलाई छ। सरकारको पूर्णतासँगै गठबन्धनका नेता र सरकारले पनि जनताको अहिलेको परिस्थितिलाई गम्भीरतापूर्वक समाधान गर्नुपर्छ।

राष्ट्रिय राजनीतिको प्रभाव स्थानीय तहमा पर्ने नै भयो। अब मुहान सङ्लिएपछि त सफा पानी खान पाइन्छ। राष्ट्रिय राजनीति सङ्लिएपछि भरतपुर महानगरपालिकाका विकासका कार्यक्रम र यहाँका आवश्यकता सजिलै पूरा गर्न सहज हुन्छ। हामी रंगशाला, विमानस्थल विस्तार, गोलाघाटमा पुल निर्माण प्रक्रियामा छौं। यसलाई निचोडमा पुर्‍याउन पनि अहिलेको सत्ता समीकरणले धेरै सहज हुनेछ। हामी दिगो र आत्मनिर्भर विकासको पक्षमा अगाडि बढेका छौं। महानगरपालिकाले रणनीतिक विकासको योजनामा फड्को मारेको छ। 

राष्ट्रिय राजनीतिको प्रभाव स्थानीय तहमा पर्ने नै भयो । अब मुहान सङ्लिएपछि त सफा पानी खान पाइन्छ ।

हामीले विकासको सन्दर्भमा यो परिवेशमा जति काम गरेका छौं, लेखाजोखा गर्दा सन्तुष्ट हुने ठाउँ छ। राष्ट्रिय राजनीतिको प्रभावले केही न केही कठिनाइ पक्कै छ/थियो। राजनीतिमा अहिले आसलाग्दो स्थिति देखिएको छ। यससँगै अब हाम्रो विकास पूर्वाधार योजनालाई तीव्र गतिमा लैजान सहज हुने विश्वास छ। 

भरतपुर महानगरपालिका विकासमा सम्भावना बोकेको ठाउँ हो। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत सबै क्षेत्रमा सन्तुलित विकासको मोडेल अंगीकार गरेर भरतपुर अगाडि छ। यो परिवेशमा हामी सन्तुष्ट छौं। यो ठाउँको विकास राष्ट्रिय परिवेशसँग जोडिएको छ। आन्तरिक आय कमजोर भए पनि हामीले संघीय बजेटको सहयोगले ठूला महत्वपूर्ण आयोजना सुरु गरेका छौं। कम आयस्रोतका बाबजुत हामी अग्रसर छौं। 

नगरपालिकाबाट उपमहानगर हुँदै महानगर बने पनि त्यस बेला विकासमा निकै पछि थियो। घोषणा पहिल्यै भए पनि महानगरपालिकाका लागि चाहिने पूर्वाधार हामीले बल्ल बनाउँदै छौं। सहरी पूर्वाधार निर्माणमा भरतपुर उत्कृष्ट  भनेर नगरपालिका संघले पुरस्कृत पनि गरेको थियो। राष्ट्रिय रूपमा विकासको सन्देश हामीले राम्रै दिएका छौं।

धेरै कठिनाइ र  चुनौतीको सामना गरी अघि बढेका छौं। राष्ट्रिय राजनीति सङ्लिएपछि विकासमा सकारात्मक प्रभाव पर्छ भन्ने लागेको छ। हामी हरेक कठिनाइलाई समाधान गर्दै अघि बढेका छौं। पवित्र भावना र उद्देश्यबाट अगाडि बढ्दा जस्तासुकै समस्या समाधान गर्न सकेका छांै। एकदम कानुन बनाउन नसकेर कामै अगाडि बढाउन नसकेको भन्ने छैन।  
(दाहाल भरतपुर महानगरपालिका प्रमुख हुन्।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.