विराटनगरमा मोटरसाइकल दुर्घटनामा दुईजना घाइते

विराटनगरमा मोटरसाइकल दुर्घटनामा दुईजना घाइते
दुर्घटनास्थल। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगर-४ स्थित आयल निगम अगाडि भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । आयल निगम पूर्व पेट्रोल पम्पबाट तेल हालेर बाटो काट्दै गरेको टिपरलाई मोटरसाइकलले ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । 

बाटो काट्दै गरेको टिपरलाई दक्षिणबाट उत्तरतर्फ आइरहेको को २७ प ६६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । ठक्कर दिँदा भएको दुर्घटनामा परी चालक मोरङको विराटनगर-५ भृकुटी चोक घर भएका २१ वर्षीय प्रतापबहादुर थापा र मोटरसाइकल सवार बुढीगंगा घर भएकी १९ वर्षीया निशा न्यौपाने रहेकी छन्।

घाइते दुवैको हाल विराटनगरको कञ्चनबारीस्थित आर्या न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । 

टिपर चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । चालकलाई आयल निगमस्थित चौकीमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.