जीएमआरद्वारा युवालाई व्यावसायिक तालिम
काठमाडौं : माथिल्लो कर्णाली आयोजना निर्माण कम्पनी जीएमएआरले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ३० युवालाई आधारभूत व्यावसायिक तालिम प्रदान गरेको छ।परियोजना प्रभावित गाउँका युवाहरूलाई कम्प्युटर, बिजुली, वेल्डिङ्ग, उत्खनन अपरेटर र बहुव्यञ्जन कुक (होटेल–कुकिंग) का तालिम दिइएको हो।
युवालाई भारतको दिल्लीस्थित व्यावसायिक प्रशिक्षण संस्थान (भीटीआई) मा विभिन्न श्रेणीअन्तर्गत आवासीय पाठ्यक्रम उपलब्ध गराएको थियोे।जीएमआर भरालक्ष्मी फाउन्डेसन शाखाअन्तर्गत यी आवासीय कार्यक्रम दिल्लीमा जनवरीदेखि मार्च २०२३ सम्म तीन महिनासम्म सञ्चालन गरिएको कम्पनीले जनाएको छ।
तालिममा ५२ जनाको प्रस्तावमध्येबाट ३० युवालार्ई कम्पनीले छनोट गरेको थियो।पाठ्यक्रमबाहेक व्यक्तित्व विकास, आधारभूत अंग्रेजी, व्यक्तिगत स्वच्छता र योग आदिसम्बन्धी कक्षाहरू पनि सञ्चालन गरिएका थिए।व्यावसायिक प्रशिक्षण कार्यक्रमले सबै प्रशिक्षार्थीमा व्यावसायिक ज्ञान र सकारात्मक प्रभाव पारेको छ।
यसले उनीहरूको कौशलता विकास गर्न मद्दत गरेको छ।उनीहरूलाई सञ्चार र समय व्यवस्थापन, समस्या समाधानका उपयोगी ज्ञान दिएको छ।यसले उनीहरूको आत्मसम्मान र आत्मविश्वास सुधार गर्न मद्दत गरेको कम्पनीले जनाएको छ।तालिमपछि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
जीएमआरले कर्णाली प्रदेशको दैलेख र सुर्खेत जिल्ला र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा सन् २००९ देखि विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएको छ।आफ्नो सञ्चालनका क्षेत्रहरूमा विशेषगरी शिक्षा, स्वास्थ्य र शिक्षा क्षेत्रमा समुदायको जीवनस्तर सुधार गर्ने काम गर्दै आएको छ।
फाउन्डेसनले विपन्न बालबालिका र युवालाई शिक्षा र व्यावसायिक तालिम प्रदान गर्ने, समुदायलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र महिला तथा पिछडिएका समूहका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।