उदयपुरका ७४ जना पत्रकारको आँखा जाँच

उदयपुरका ७४ जना पत्रकारको आँखा जाँच
सुन्नुहोस्

उदयपुर : नेपाल पत्रकार महासंघ उदयपुर शाखाले आयोजना गरेको आँखा शिविरमा ६ दर्जन बढी सञ्चारकर्मीले निःशुल्क जाँच गराएका छन्। 

६८ औँ स्थापना दिवसका अवसरमा महासंघले मदन भण्डारी आँखा अस्पताल परिसरमा आयोजना गरेको शिविरमा ७४ जनाले निःशुल्क जाँच गराएका हुन्। त्यसमध्ये ३४ जनाको आँखाको ज्योति कमजोर बन्दै गएको फेला परेको छ। 

नेपाल नेत्र ज्योति संघ, मदन भण्डारी आँखा अस्पताल र स्वास्थ्य कार्यालयको सहकार्य आयोजित आँखा शिविर तथा बुष्टर डोज खोप कार्यक्रममा ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

उनीहरूलाई आँखाको अवस्थाको वर्गीकरणका आधारमा चस्मा प्रयोग गर्न चिकित्सकले सल्लाह दिएको महासंघका उपाध्यक्ष पर्शुराम थापाले जानकारी दिए। 

उनले भने, ‘सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारहरूको दिनचर्या प्रविधिसँग बित्ने हुँदा आँखामा समस्या देखा परेको हुन सक्छ।’ 

सधैंजसो प्रभातफेरी, दिप प्रज्वलन, अन्तरक्रिया जस्ता कार्यक्रम गरेर मनाउँदै आएको दिवस यसपटक पत्रकारको स्वास्थ्य त्यो पनि आँखालाई केन्द्र भाग बनाएर कार्यक्रम बनाइएको उनले बताए। 

थापाले शिविरमा चिकित्सकले चस्मा लगाउन दिएको सुझाब अनुसार सबैलाई  नेपाल नेत्र ज्योति संघ र मदन भण्डारी आँखा अस्पतालको सहकार्यमा निःशुल्क चस्मा वितरण गरिने बताए। 

यसैबीच नेत्र ज्योति संघको ४५ औँ तथा मदन भण्डारी आँखा अस्पतालको प्रथम स्थापना दिवसका अवसरमा कारागारका कैदीबन्दीलाई निःशुल्क आँखा परीक्षण गरिएको छ। 

कैदीबन्दीको आँखाको समस्यालाई मध्यनजर गरी आयोजना गरिएको शिविरमा ७७ जनाले सेवा लिएको मदन भण्डारी आँखा अस्पतालका सहकोषाध्यक्ष कुमार घिमिरेले बताए। 

उनले अस्पताललाई नाफामुखी भन्दा पनि सेवामुखी हिसाबले अघि बढाउन गाउँबस्तीमा निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.