निर्देशनमा बेनिशाको डेब्यु

निर्देशनमा बेनिशाको डेब्यु
सुन्नुहोस्

१२ चलचित्रको अभिनयपछि उनले निर्देशनमा ‘डेब्यु’ गरेकी हुन्। यो सर्ट फिल्मको लेखन पनि बेनिशाले नै गरेकी हुन्।

काठमाडौं : अभिनेत्री बेनिशा हमालको निर्देशकीय ‘डेब्यु’ सर्ट फिल्म ‘मिसिङ ब्राइड’ सिनेमाघर एपमा सार्वजनिक भएको छ।

फिल्ममा वर्षा राउत र विवेकसिंह ठकुरीले प्रमुख भूमिका छ। बेनिशाले अभिनयको लामो अनुभवलाई ‘मिसिङ ब्राइड’ निर्माणमा प्रस्तुत गरेको बताइन्। ‘यो मेरो पहिलो प्रयास हो। पहिलो प्रयासमा आफू सफल भएकी छु भन्नेमा विश्वस्त छु’, बेनिशाले भनिन्। 

बेनिशाको अभिनय रहेको पछिल्लो फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। फिल्ममा पत्रकारको भूमिकामा देखिएकी बेनिशाले कामको राम्रै तारिफ पाएकी छन्। फिल्म ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी बेनिशाले त्यसयता झन्डै १४ चलचित्रमा अभिनय गरिसकेकी छन्। १२ चलचित्रको अभिनयपछि उनले निर्देशनमा ‘डेब्यु’ गरेकी हुन्। यो सर्ट फिल्मको लेखन पनि बेनिशाले नै गरेकी हुन्। 

बेनिशाकै होम प्रोडक्सन मौरी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रविण श्रेष्ठको सम्पादन र कलर करेक्सन, राजेश शाहको भीएफएक्स छ। केदार भुषाल कार्यकारी निर्माता रहेको फिल्ममा सन्दीप घिमिरेको मुख्य सहायक निर्देशन, किशोर केसी र सदीक्षा गौतमको सहायक निर्देशन, आशिष पुडासैनीको प्रोडक्सन, नवीन अवालको कला निर्देशन छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.